पेट्रोलको मूल्य बढाउने नेपाल आयल निगमको तयारी
वि.सं.२०७८ फागुन ५ बिहीवार १०:४७
2.4K
shares
काठमाडौं: अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको छ ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल ५ रुपैयाँ ६१ पैसा, डिजेल ५ रुपैयाँ ६२ पैसा र हवाई इन्धन ४ रुपैयाँ ९५ पैसाले बढेको छ ।
नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करिब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएकाले भाउ बढाउने तयारी गरिएको निगमले जनाएको छ ।
कच्चा तेलको मूल्य झन्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसकेको अवस्थामा नेपालमा घाटा सहेर तेल बेच्न नसकिने निगमका अधिकारीहरूको भनाइ छ ।
वि.सं.२०७८ फागुन ५ बिहीवार १०:४७




















