YouTube Link

म्यामारका प्रजातन्त्रवादी नेतृ आङ सान सूकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Facebook Link

 

एजेन्सीः म्यामारका प्रजातन्त्रवादी नेतृ आङ सान सूकीविरुद्ध म्यामारको सैन्य सरकारले भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ ।

 

यो सँगै सैन्य सरकारले अहिलेसम्म सूकीविरुद्ध ११ मुद्दा दायर गरेको छ ।

 

देशको उत्तरपश्चिम सागाइङ क्षेत्रका सर्वसाधारणलाई सेनाले फेरि आक्रमण गरेको विवरण सार्वजनिक भइरहेका बेला सरकारले सूकीविरुद्ध मुद्दा दायर गरेको हो ।

 

सेनाले सो क्षेत्रमा ४०० घरहरु जलाएको जनाइएको छ ।

 

आफ्नी आमाको नाममा स्थापना भएको एउटा परोपकार संस्थालाई गैरकानुनी ढंगले ५ लाख ५० हजार सहयोग भन्दै प्रहरीले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

सो मुद्दामा अदालतको सुनुवाइ बारेमा विस्तृत विवरण खुलाइएको छैन ।

 

सैन्य सरकारविरुद्ध उत्तेजक अभिव्यक्ति दिएको, कोभिड नियम पालना नगरेको र दूरसञ्चारको नियम उल्लंघन गरेको विभिन्न अभियोगमा सूकीलाई यसअघि नै अदालतले ६ वर्ष जेल सजाय तोकेको छ ।

 

गत वर्षको फेब्रुवरीमा निर्वाचित सरकारलाई कु गरेपछि सूकी घरमै नजरबन्दमा छिन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...