YouTube Link

जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन तयारी थाल्न प्रधानमन्त्रीको निर्देशन

निर्वाचन आयोगले यसअघि नै स्थानीय तहको निर्वाचन आगामी वैशाख १४ र २२ गते दुई चरणमा गर्न प्रस्ताव गरिसकेको छ

Facebook Link

 

काठमाडौं: सरकारले आगामी २०७९ जेठ ४ गते एकै चरणमा स्थानीय तह निर्वाचन गर्ने भएको छ ।

 

निर्वाचन आयोगका पदाधिकारीसँग मंगलबार बालुवाटारमा भएको छलफलमा आगामी जेठ ४ गते स्थानीय तह निर्वाचन गर्ने टुंगो भएको हो ।

 

प्रधानमन्त्रीसँगको छलफलका क्रममा जेठ ५ गतेको डेडलाइन क्रस नहुने गरी प्रमुख आयुक्त दिनेश थपलियाले जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेका थिए ।

 

आयोगको उक्त प्रस्ताव अनुसार प्रधानमन्त्री देउवा निर्वाचन गराउन तयार भएका छन् ।

 

उनले जेठ ४ गतेको निर्वाचन मितिलाई मन्त्रिपरिषद्‍बाट निर्णय गराउने बताउँदै आयोगलाई आवश्यक तयारी थाल्न पनि निर्देशन दिएका छन् ।

 

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको प्रस्ताव अनुसार नै प्रधानमन्त्री जेठ ४ गते स्थानीय निर्वाचन गराउन तयार भएको बताए ।

 

‘जेठ ४ गते बुधबार एकै चरणमा स्थानीय तह निर्वाचन गर्ने आयोगले राखेको प्रस्ताव प्रधानमन्त्रीबाट सदर भएको छ’, थपलियाले नेपालखबरसँग भने, ‘यसबारेमा उहाँले मन्त्रिपरिषद्‍बाट निर्णय लिने बताउनु भएको छ ।’

 

उनले परामर्शका क्रममा प्रधानमन्त्रीले जेठ ४ मै निर्वाचन गर्ने गरी आवश्यक तयारी थाल्न पनि निर्देशन दिएको बताए । ‘हाम्रै प्रस्ताव अनुसार मिति तोक्न प्रधानमन्त्रीले सहमति जनाउनुभयो’, उनले भने, ‘उहाँले आवश्यक तयारी थाल्न पनि निर्देशन दिनु भएको छ ।’

 

निर्वाचन आयोगले यसअघि नै स्थानीय तहको निर्वाचन आगामी वैशाख १४ र २२ गते दुई चरणमा गर्न प्रस्ताव गरिसकेको छ ।

 

आयोगले जेठ ५ बाट उता नजाने गरी स्थानीय तह निर्वाचनका लागि मिति घोषणा गर्न पटक पटक सरकारलाई आग्रह गरेको थियो ।

 

आयोगको प्रस्ताव अनुसार नै सरकारले माघ पहिलो साता मिति घोषणा गरिसक्नुपर्ने थियो । तर सरकारले संविधानसँग स्थानीय निर्वाचन कानुन बाझिएको भन्दै पहिले संशोधन गर्नुपर्ने बताउँदै आएको छ ।

 

पाँच दलीय गठबन्धनले पनि पहिले कानुन संशोधन गरेपछि मात्रै मिति घोषणा गर्नुपर्ने निर्णय लिइसकेको छ ।

 

यस्तोमा देउवाले स्थानीय तह निर्वाचन जेठमै गर्ने गरी छलफल गरेका हुन् ।

 

देउवाले सोमबार कांग्रेसको बागमती प्रदेश कमिटी सभापति इन्द्र बानियाँसहितसँग भएको भेटका क्रममा स्थानीय निर्वाचन जेठ ४ गते एकै चरणमा गर्ने बताएका थिए ।

 

उनले त्यसका लागि केही दिनमै मिति घोषणा गरिने पनि जानकारी दिएका थिए ।

 

सरकारलाई स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न प्रमुख प्रतिपक्षी एमालेसहितले दबाब दिइरहेका बेला देउवाले आयोगसँग छलफल गर्न लागेका हुन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...