YouTube Link

जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन तयारी थाल्न प्रधानमन्त्रीको निर्देशन

निर्वाचन आयोगले यसअघि नै स्थानीय तहको निर्वाचन आगामी वैशाख १४ र २२ गते दुई चरणमा गर्न प्रस्ताव गरिसकेको छ

Facebook Link

 

काठमाडौं: सरकारले आगामी २०७९ जेठ ४ गते एकै चरणमा स्थानीय तह निर्वाचन गर्ने भएको छ ।

 

निर्वाचन आयोगका पदाधिकारीसँग मंगलबार बालुवाटारमा भएको छलफलमा आगामी जेठ ४ गते स्थानीय तह निर्वाचन गर्ने टुंगो भएको हो ।

 

प्रधानमन्त्रीसँगको छलफलका क्रममा जेठ ५ गतेको डेडलाइन क्रस नहुने गरी प्रमुख आयुक्त दिनेश थपलियाले जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेका थिए ।

 

आयोगको उक्त प्रस्ताव अनुसार प्रधानमन्त्री देउवा निर्वाचन गराउन तयार भएका छन् ।

 

उनले जेठ ४ गतेको निर्वाचन मितिलाई मन्त्रिपरिषद्‍बाट निर्णय गराउने बताउँदै आयोगलाई आवश्यक तयारी थाल्न पनि निर्देशन दिएका छन् ।

 

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको प्रस्ताव अनुसार नै प्रधानमन्त्री जेठ ४ गते स्थानीय निर्वाचन गराउन तयार भएको बताए ।

 

‘जेठ ४ गते बुधबार एकै चरणमा स्थानीय तह निर्वाचन गर्ने आयोगले राखेको प्रस्ताव प्रधानमन्त्रीबाट सदर भएको छ’, थपलियाले नेपालखबरसँग भने, ‘यसबारेमा उहाँले मन्त्रिपरिषद्‍बाट निर्णय लिने बताउनु भएको छ ।’

 

उनले परामर्शका क्रममा प्रधानमन्त्रीले जेठ ४ मै निर्वाचन गर्ने गरी आवश्यक तयारी थाल्न पनि निर्देशन दिएको बताए । ‘हाम्रै प्रस्ताव अनुसार मिति तोक्न प्रधानमन्त्रीले सहमति जनाउनुभयो’, उनले भने, ‘उहाँले आवश्यक तयारी थाल्न पनि निर्देशन दिनु भएको छ ।’

 

निर्वाचन आयोगले यसअघि नै स्थानीय तहको निर्वाचन आगामी वैशाख १४ र २२ गते दुई चरणमा गर्न प्रस्ताव गरिसकेको छ ।

 

आयोगले जेठ ५ बाट उता नजाने गरी स्थानीय तह निर्वाचनका लागि मिति घोषणा गर्न पटक पटक सरकारलाई आग्रह गरेको थियो ।

 

आयोगको प्रस्ताव अनुसार नै सरकारले माघ पहिलो साता मिति घोषणा गरिसक्नुपर्ने थियो । तर सरकारले संविधानसँग स्थानीय निर्वाचन कानुन बाझिएको भन्दै पहिले संशोधन गर्नुपर्ने बताउँदै आएको छ ।

 

पाँच दलीय गठबन्धनले पनि पहिले कानुन संशोधन गरेपछि मात्रै मिति घोषणा गर्नुपर्ने निर्णय लिइसकेको छ ।

 

यस्तोमा देउवाले स्थानीय तह निर्वाचन जेठमै गर्ने गरी छलफल गरेका हुन् ।

 

देउवाले सोमबार कांग्रेसको बागमती प्रदेश कमिटी सभापति इन्द्र बानियाँसहितसँग भएको भेटका क्रममा स्थानीय निर्वाचन जेठ ४ गते एकै चरणमा गर्ने बताएका थिए ।

 

उनले त्यसका लागि केही दिनमै मिति घोषणा गरिने पनि जानकारी दिएका थिए ।

 

सरकारलाई स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न प्रमुख प्रतिपक्षी एमालेसहितले दबाब दिइरहेका बेला देउवाले आयोगसँग छलफल गर्न लागेका हुन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...