नेपालमा पछिल्लो २४ घण्टामा थपिए ५ हजार ५ सय ८३ कोरोना संक्रमित, ९ जनाको मृत्यु
वि.सं.२०७८ माघ १८ मंगलवार १७:४१
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ८३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा १० हजार ७ सय ७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६ सय ५७ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार १७ हजार ६ सय ७४ जनाको नमूना परीक्षण गर्दा ५ हजार ५ सय ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको हो ।
त्यस्तै ६ हजार ८ सय ९८ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ९ सय २६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
मन्त्रालयका अनुसार आज ९ जनाको मृत्यु भएको छ भने ८ हजार २ सय ६७ जना डिस्चार्ज भएका छन् ।
वि.सं.२०७८ माघ १८ मंगलवार १७:४१