YouTube Link

नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यी दुईबीचको खेल ४:४५ बजे सुरु हुने

Facebook Link

 

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले आज अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यी दुईबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।

 

पहिलो जित हात पारेको घरेलु टोली नेपालले आज उच्च मनोबलका साथ मरिससविरुद्ध लगातार दोस्रो जितको खोजीमा मैदान उत्रनेछ ।

 

शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिससलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।

 

नेपालको जितमा विमल घर्तिमगरले एक मात्र निर्णायक गोल गरेका थिए ।

 

यता, मरिससले पनि दोस्रो खेलमा जित आफ्नो पक्षमा निकाल्न चाहन्छ ।

 

नेपाललाई हराएर मरिसस पहिलो खेलमा व्यहोरेको हारको बदला लिने योजना सहित मैदानमा उत्रनेछ ।

 

मरिससविरुद्धको दोस्रो खेलका लागि नेपाली टोलीमा दुई खेलाडी परिवर्तन भएका छन् ।

 

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले दुई खेलाडी परिवर्तन गर्दै टिम घोषणा गरेका हुन् ।

 

प्रशिक्षक अब्दुल्लाहले यस अघि घोषणा गरेको टिमबाट डिफेन्डर अनन्त तामाङ र प्रशान्त अवस्थी बाहिरिएका छन् ।

 

किरण चेम्जोङको कप्तानीमा घोषणा गरिएको टिममा मनिष डाँगी र दर्शन गुरुङलाई राखिएको छ ।

 

नेपाली फुटबल टोली:

 

किरण लिम्बु (कप्तान),  विशाल श्रेष्ठ, शत्रुघन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नविन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अन्जन विष्ट, आशिष लामा, विमल घर्तिमगर, मनिष डाँगी, आशिष राई, एरिक विष्ट, सुशील राई, दर्शन गुरुङ र सन्तोष तामाङ रहेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...