लिंगमा रबर बाँधेर यातना दिने शिक्षिका पक्राउ
वि.सं.२०७८ पुस ७ बुधवार १२:३२
2.6K
shares
कास्की: राती ओछ्यानमा पिसाव फेरेको निहुँमा बालकको लिंगमा रबर बाँधेर यातना दिने शिक्षिका पक्राउ परेकी छिन ।
बालबालिका विरुद्धको कसूर गरेको अभियोगमा पोखरा महानगरपालिका-१४ बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका-२ स्थायी वतन भएकी २७ वर्षीया जानुका नेपालीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका-१५ गलेश्वर चोकस्थित न्यू लाईफ स्कूलमा बस्ने ६ वर्षीय बालकलाई होष्टेलकी वार्डेन जानुका नेपालीले राती सुत्दा ओछ्यानमा पिसाब फेर्छ भनेर लिङ्गमा रबरले बाँधेर यातना दिएको भन्ने घटना सम्बन्धमा बालबालिका सम्बन्धी ऐन, २०७५ अन्तर्गत बालबालिका विरुद्धको कसूरमा जाहेरी पश्चात् नेपालीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनी माथि जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिई घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
वि.सं.२०७८ पुस ७ बुधवार १२:३२




















