Texas College
YouTube Link

संघीय संसदको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै, ६ अध्यादेश पेश गर्ने कार्यसूची

Facebook Link

 

काठमाडौं: संघीय संसदको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ ।

 

प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक दिउँसो २ बजे बस्दैछ ।

 

दुबै बैठकमा सरकारले ल्याएका ६ अध्यादेश पेश गर्ने कार्यसूची छ ।

 

प्रतिनिधिसभा बैठकको सुरुवातमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

 

त्यस्तै नेपाल प्रहरी, तेजाब तथा रासायनिक पदार्थको नियमन, सामाजिक सुरक्षा, रेल्वे, यौन हिंसा तथा फौजदारी कार्यबिधीसम्बन्धी अध्यादेश पेश गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।

 

त्यसैगरी रेल्वे अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पनि बैठकमा पेश गर्ने कार्यसूची छ ।

 

अघिल्लो अधिवेशन बिपक्षी दल नेकपा एमालेका कारण प्रभावित बनेको थियो । हिउँदे अधिवेशन पनि यथास्थीतिमा चल्न नदिने अडान एमालेले कायमै राखेको छ ।

 

आफूले कारबाही गरेका सांसदहरूलाई सभामुखले कारबाहीको सूची टाँस नगरेको भन्दै एमालेले संसद पुनर्स्थापनादेखि नै विरोध गर्दै आएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...