वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा महाधिवेशन प्रतिनिधिहरुका लागि चियापान कार्यक्रम आयोजना
वि.सं.२०७८ मंसिर २८ मंगलवार १०:५०
2K
shares
काठमाडौं: जारी कांग्रेसको १४औं महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी नभएका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन प्रतिनिधिहरुका लागि चियापान कार्यक्रम आयोजना गरेका छन् ।
सभापतिका लागि चुनाव दोस्रो चरणमा पुगेपछि महाधिवेशन प्रतिनिधिले शेरबहादुर देउवा या शेखर कोइरालामध्ये एक रोज्न चर्को दबाब दिएका थिए ।
हलमा उपस्थित महाधिवेशन प्रतिनिधिहरुले आफ्नै समूहका शेखरलाई पनि साथ नदिएको भन्दै आक्रोश पोखेका थिए ।
लैनचौर बान्क्वेटमा आज बिहान आयोजित चियापान कार्यक्रममा सम्बोधनका क्रममा उनले भने आफूले राजनीतिक इमान र निष्ठा नछाड्ने भन्दै कसैलाई नसघाउने अडान लिइरहे ।
उता फ्लोरमा उपस्थित महाधिवेशन प्रतिनिधिहरुको आक्रोश बढ्दै गएको थियो । त्यसपछि केही महाधिवेशन प्रतिनिधिहरू मञ्चमै उक्लिएर पौडेललाई दबाब दिएका थिए ।
महाधिवेशनको मतदानमा पनि सहभागी नभएका पौडेलसँग इतर समूहका नेता कार्यकर्ता आक्रोशित छन् ।
कांग्रेसको संस्थापन इतर समूहमा सहमति नभएपछि सभापतिको दौडबाट बाहिरिएर घरमै बसेका उनी कुनै समूहमा खुलेनन् ।
कुनै समूहमा नखुलेका उनी सोमबारको मतदान प्रक्रियामा सहभागी भएनन् । पौडेलले सभापतिका उम्मेदवार शेखर कोइरालालाई समर्थन हुने बताए पनि खुलेर भोट मागेर सघाउन निस्किएनन् ।
वि.सं.२०७८ मंसिर २८ मंगलवार १०:५०




















