YouTube Link

कोरोना भाइरसको संक्रमण नेपालका २२ जिल्लामा पुग्यो, काठमाडौंमा लकडाउन पुनः जेठ १ गतेबाट कडा हुने

Facebook Link

काठमाडौं: विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि ह्वात्तै बढेको छ । नेपालका २२ जिल्लामा पुगेको कोरोना संक्रमणबाट संक्रमितमध्ये ३३ जना निको भएर घर फर्किसकेका छन् ।

नेपालमा सबैभन्दा बढी कोरोना संक्रमित पर्सा जिल्लामा देखिएका छन् । पर्सामा मात्रै कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । त्यस्तै उदयपुरमा ३० जना कोरोना संक्रमित फेला परेका छन् । यस्तै, कपिलवस्तुमा २९, बाँकेमा २४, रुपन्देहीमा १६, काठमाडौँमा ४, मोरङमा २, धादिङ २, कैलालीमा ४, बारामा ३, धनुषामा ३, रौटहटमा ३, बागलुङमा २, चितवनमा २, झापामा २, महोत्तरीमा २, भक्तपुरमा २, बर्दियामा १, भोजपुरमा १, कञ्चनपुरमा १, सप्तरीमा १ र सर्लाहीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार एकै दिन ८३ संक्रमित फेला परेसँगै केही खुकुलो भएको काठमाडौँको लकडाउन पुनः जेठ १ गते बिहीबारबाट कडा हुने भएको छ । सरकाले जेठ १ गतेदेखि लागु हुनेगरी एक जिल्लाबाट अर्को जिल्लमा जानका लागि दिएका सबै पास रद्ध गरेको छ । पहुँचवालाहरुले पास लिएर दुरुपयोग गरेको भन्दै आलोचना हुन थालेपछि सरकारले यसअघि जारी गरेका सबै पास रद्द गर्ने निर्णय गरेको हो ।

गृहमन्त्रालयका अनुसार काठमाडौं उपत्यकाभित्र छिर्न कडाई गरिने भएको छ । उपत्यकाको हकमा भने तीनवटै जिल्लालाई एउटै जिल्ला सरहको व्यवहार गरेर कडाई गरिने तयारी भएको गृह मन्त्रालयले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...