भीआईपीको सुरक्षाकर्मीलाई कोरोना देखिएको भन्दै नेकपा स्थायी कमिटी बैठक स्थगित
वि.सं.२०७७ वैशाख ३१ बुधवार १०:२१
1.4K
shares
वैशाखः नेकपा स्थायी कमिटी बैठक स्थगित भएको छ । बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित गरेको नेकपा सचिवालयले जानकारी गराएको छ ।
भीआईपीको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई नै कोरोना देखिएको र सांसद बाहेक अरु नेताको परीक्षण नगरिएको कारण देखाउँदै बैठक स्थगितको सूचना आएको एक नेताले जानकारी दिएका छन् ।
मंगलबार साँझ भक्तपुरमा फेला परेका २७ वर्षीय कोरोना संक्रमित पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थमा खटिएका सशस्त्र प्रहरी भएको बताईएको छ । नेकपाको अर्को बैठकको मिति निश्चित छैन ।
वि.सं.२०७७ वैशाख ३१ बुधवार १०:२१



















