YouTube Link

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा राहत वितरण, क्रियाशील शाखाका १५ सदस्यलाई ‘कोरोना बीमा’ गरिने

Facebook Link

काठमाडौं: नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाले पत्रकारलाई राहत वितरण गरेको छ । काठमाडौं शाखाले विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा जीविकोपार्जन गर्न कठिन भएका आफ्ना श्रमजिवि पत्रकार सदस्यलाई दाल, चामल, नून, तेल लगायत खाद्य सामग्री प्रदान गरेको हो ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर वितरण गरिएको उक्त राहत करिव एक सय जना श्रमजिवि पत्रकारहरुलाई वितरण गरिएको थियो । शाखाका अध्यक्ष शन्तराम विंडारीले स्थानीय तहले वितरण गरेको राहतमा पत्रकारको प्रत्यक्ष पहुँच नभएकाले काठमाडौं शाखाले खाद्यन्न सामग्री सङ्कलन गरी आफ्ना सदस्यलाई वितरण गरेको बताए ।

शाखाका उपाध्यक्ष सूर्य सुवेदीले दुःख पाएका सबै नागरिकलाई मानवीयताका आधारमा राहत सहयोग उपलब्ध गराउनुपर्ने बताए ।

यसैबीच विमा क्षेत्रमा कलम चलाउने ईन्स्योरेन्स खबरका सम्पादक नवराज न्यौपानेले दैनिक घटनाक्रमको समाचार सङ्कलनमा क्रियाशील रहने शाखाका १५ सदस्यलाई ‘कोरोना बीमा’ गरिने बताए ।

यसै क्रममा ट्राइकोट इन्डस्ट्री प्रालिका प्रतिनिधि रवि पौडेलले संवेदनशिल क्षेत्रमा समाचार संकलनका लागि खटिने पत्रकारहरुलाई पाँच थान व्यक्तिगत सुरक्षा सामग्री उक्त शाखालाई हस्तान्तरण गरे ।

उपत्यका प्रदेश समिति सचिव विष्णु आचार्य, शाखाका पूर्वसभापति ईश्वरी वाग्ले, पत्रकार चक्रपाणि नेपाल, कृष्ण लेकाली, कालिका महत लगायत उपस्थित विभिन्न सदस्यहरुले कोरोना भाइरस संक्रमणको बारेमा र पत्रकारिता क्षेत्रले सामाजिक रुपान्तरणका लागि कलम चलाउनुपर्ने आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...