YouTube Link

यो वर्ष उत्कृष्ट क्रिकेटर बने सन्दीप लामिछाने र सीता राना मगर, रोहित पौडेल उदेयमान खेलाडी

Khanepani Dhal
Facebook Link

काठमाडौं: यो वर्षको उत्कृष्ट क्रिकेट खेलाडी नेपाली राष्ट्रिय पुरुष टोलीका सन्दीप लामिछाने र महिला टिमकी सीता राना मगर घोषित भएका छन् ।

क्रिकेट खेलाडी संघ सिप्यानले आयोजना गरेको एनसीसीएस- सिप्यान क्रिकेट अवार्ड समारोहमा दुई देलाडीलाई उत्कृष्ट घोषित गरिएको हो । अवार्डसँगै सन्दीपले १ लाख ३२ हजार र सीताले ६६ हजार रुपैयाँ नगद पुरस्कार पनि पाए । यस्तै वर्षको उदेयमान खेलाडीको अवार्ड रोहित कुमार पौडेलले जितेका छन् ।

नेपाललाई बी डिभिजनमा जिताउने करन केसीको इनिङ मोमेन्ट अफ द इयर घोषित भयो । नेपाली फुटबल र क्रिकेट दुवैमा योगदान दिएका कोमलबहादुर पान्डेलाई लाइफ टाइम अचिभ्मेन्ट अवार्डबाट सम्मानित गरिएको छ । पुरुष उत्कृष्ट अवार्डमा सन्दिपले कप्तान पारस खड्का, दिपेन्द सिंह ऐरी, करन केसी, सोमपाल कामीलाई पछि पारेका थिए । अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगहरुमा व्यस्त सन्दीप नेपालमा नरहेका कारण उनको अवार्ड कप्तान पारस खड्काले ग्रहण गरिदिए ।

बर्षको उत्कृष्ट महिला क्रिकेटर बन्न सिता रानामगरले इन्दु बर्मा, करुणा भण्डारी, रुवीना क्षेत्री र सरिता मगरलाई पछि पारीन् । हालै थाइल्याण्डमा भएको आइसीसी टी-२० महिला विश्वकप छनोटमा सिताको उत्कृष्ट प्रर्दशन गर्दै १ सय ३८ रन बनाएकी थिइन् । उत्कृष्ट उदयमान खेलाडी बन्नको लागि रोहितकुमार पौडेलले ललित राजवंशी, अभिनाश बोहरा, कविता कुवँर, सन्दिप जोरालाई पछि पारे । उनले अवार्डसँगै ६६ हजार रुपैयाँ हात पारेका छन् ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

वि.सं.२०८२ जेठ २३ शुक्रवार ०८:४२

एजेन्सी: स्पेन नेशन्स लिगको फाइनलमा पुगेको छ । लामिन यामालको...

नेपालले आज स्कटल्याण्डसँग प्रतिष्पर्धा गर्दै

नेपालले आज स्कटल्याण्डसँग प्रतिष्पर्धा गर्दै

वि.सं.२०८२ जेठ १९ सोमवार ०९:१४

काठमाडौं: विश्वकप लिग टु को चौथो राउण्ड अन्तर्गतको पहिलो खेलमा...

नेपालले आज थाइल्यान्डसँग दोस्रो खेल खेल्दै

नेपालले आज थाइल्यान्डसँग दोस्रो खेल खेल्दै

वि.सं.२०८२ जेठ १९ सोमवार ०८:५४

काठमाडौं: नेपालले थाइल्यान्डको राजधानी बैंककमा घरेलु टोलीसँग आज दोस्रो खेल...

नेपालले थाइल्यान्डको घरेलु टोलीसँग खेल्दै, सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडेल टोलीसँग जोडिए

नेपालले थाइल्यान्डको घरेलु टोलीसँग खेल्दै, सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडेल टोलीसँग जोडिए

वि.सं.२०८२ जेठ १६ शुक्रवार १२:०७

काठमाडौं: नेपालले थाइल्यान्डको राजधानी बैंककमा घरेलु टोलीसँग (आज) मे ३०...

उत्कृष्ट पेनाल्टी गोल गर्दै खेम दुराले जिताए मैत्रीपूर्ण फूटबल प्रतियोगिता

उत्कृष्ट पेनाल्टी गोल गर्दै खेम दुराले जिताए मैत्रीपूर्ण फूटबल प्रतियोगिता

वि.सं.२०८२ जेठ १० शनिवार २१:४९

काठमाडौं: नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डको अवसरमा बक्स अफिस...

एक खेल अगावै नेपाल टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा

एक खेल अगावै नेपाल टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा

वि.सं.२०८२ जेठ ५ सोमवार १२:३३

काठमाडौं: नेपालले एक खेल अगावै टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा...