म्यान्चेष्टर सिटीमाथि युनाईटेडको जित
वि.सं.२०७६ माघ १६ बिहीवार ०७:३५
1.1K
shares
एजेन्सीः ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले जित हासिल गरेको छ । सेमिफाईनलको दोस्रो लेगको खेलमा म्यान्चेष्टर शहरका दुई क्लब भिडेका थिए । जसमा म्यान्चेष्टर युनाईटेडले म्यान्चेष्टर सिटीलाई १–० गोल अन्तरले हरायो ।
युनाईटेडको जितमा निमन्जा माटिसले विजयी गोल गरे । उनले खेलको ३५ औ मिनेटमा गोल गरेका थिए । तर उनी माटिस ७६ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि खेलको अन्तिम १४ मिनेट युनाईटेडले १० खेलाडीमा सिमित रहेर खेलेको थियो । दोस्रो लेगमा हारेपनि सिटीले समग्रमा ३–२ को नतिजा सहित ईपीएल कपको फाईनल प्रवेश गरेको छ । म्यान्चेष्टर सिटीले अब उपाधिका लागि मार्च १ मा एस्टन भिल्लासंग वेम्वली मैदानमा खेल्नेछ ।
वि.सं.२०७६ माघ १६ बिहीवार ०७:३५



















