वेस्ट ह्याममाथि लिभरपुलको जित
वि.सं.२०७६ माघ १६ बिहीवार ०७:३५
1.1K
shares
एजेन्सीः ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले वेस्ट ह्यामलाई २–० गोल अन्तरले पराजित गरेको छ । जितसँगै लिभरपुलले लिगमा ७० अंक जोडेको हो । शीर्ष स्थानको लिभरपुलले दोस्रो स्थानको म्यान्चेष्टर सिटीसंग १९ अंकको स्पष्ट अग्रता लिएको हो ।
लिभरपुलको जितमा मोहमद सलाहा र एलेक्स ओक्सलेड चेम्बरलेनले एक एक गोल गरे । खेलको ३५ औं मिनेटमा सलाहाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा चेम्बरलेनले लिभरपुलको जित सुनिश्चित गरेका थिए । लगातार १५ खेलमा जित निकाल्दै लिभरपुल सन् १९९० पछि उपाधि होडमा लम्किएको छ । लिभरपुल लिगको ४१ खेलमा अपराजित छ ।
वि.सं.२०७६ माघ १६ बिहीवार ०७:३५



















