सहिद स्मारक ए डिभिजन लिग फुटबलको छैठौ चरणको खेल आज सकिदै
वि.सं.२०७६ पुस २९ मंगलवार ०७:५३
1.5K
shares
काठमाडौः सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तरगत आज छैठौ चरणको खेल सकिदैछ । लिग अन्तर्गत आज विभागीय टिम त्रिभुवन आर्मी र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदै छ । खेल दशरथ रंगशालामा दिउँसो हुनेछ ।
संकटा विरुद्ध जित निकाल्दै आर्मी लिग तालिकाको शीर्षस्थानमा उक्लन चाहन्छ । एक खेल कम खेलेको आर्मी १२ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । पुर्व उपविजेता संकटा पनि आर्मीलाई पराजित गर्दै लिग तालिकामा सुधार गर्न चाहन्छ । संकटाविरुद्ध आर्मी पाचौं खेल जित्ने लक्ष्यमा छ । आर्मी लगातार चौथो जित निकाल्न चाहन्छ ।
यसैबीच लिग अन्तर्गत हिजो भएको खेलमा न्यूरोड टिम एनआरटी क्लबले तेस्रो जीत निकालेको छ । खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गर्दै तेस्रो जीत निकालेको हो । एनआरटीलाई जित दिलाउने क्रममा दर्शन गुरुङले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ७६ औं मिनेटमा दर्शनको गोल नै निर्णायक गोल रह्यो ।
जितसँगै एनआरटी लिगको छैटौं स्थानमा उक्लिएको छ । यसैगरी हिजै भएको दोस्रो खेलमा च्यासल युथ र एपीएफ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । बराबरीसंगै च्यासल ६ अंक सहित तालीकाको दशौं स्थानमा यथावत रहेको छ भने एपीएफ ४ अंकसहित पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
वि.सं.२०७६ पुस २९ मंगलवार ०७:५३



















