‘ग्लोब सकर अवार्ड’ रोनाल्डोले जिते
वि.सं.२०७६ पुस १५ मंगलवार ०७:५०
1.2K
shares
एजेन्सी । इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले वर्षको उत्कृष्ट खेलाडी बन्दै ‘ग्लोब सकर अवार्ड’ जितेका छन् । युएईको दुबईमा आयोजना गरिएको एक विशेष कार्यक्रममा रोनाल्डोलाई अवार्ड प्रदान गरिएको छ । अवार्ड जित्ने क्रममा रोनाल्डोले बार्सिलोनाका लियोनल मेस्सी र लिभरपुलका भान डाइकलाई पछि पारे ।
रोनाल्डोले लगातार दोस्रो वर्ष यस अवार्ड जितेका हुन् । यस्तै पोर्चुगल तथा एट्लेटिको मड्रिडका युवा फरवार्ड जोआ फेलिक्सले बेस्ट रेभिलेसन अवार्ड जिते । महिलातर्फको वर्ष खेलाडी अवार्ड लुसी ब्रोन्जले जितिन् । उत्कृष्ट प्रशिक्षक अवार्ड लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले हात पार्दा एलिसन बेकरले वर्ष गोलकिपर अवार्ड जिते । यस्तै उत्कृष्ट क्लबको अवार्ड लिभरपुलले पाएको छ ।
वि.सं.२०७६ पुस १५ मंगलवार ०७:५०



















