सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज संकटा र पुलिस तथा आर्मी र थ्री स्टारबीच प्रतिष्पर्धा हुँदै
वि.सं.२०७६ पुस १६ बुधवार ०७:३६
1.1K
shares
काठमाडौं: सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेलहरु हुँदैछन् । चौथो चरणको तेस्रो दिन आज संकटा र पुलिस तथा आर्मी र थ्री स्टारबीच प्रतिस्पर्धा हुने छ । दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । पहिलो खेलमा संकटा र पुलिस र दोस्रो खेलमा आर्मी र थ्री स्टारबीच खेल हुनेछ ।
लिगमा तीन खेलबाट संकटा र पुलिसले एक जित, एक हार र एक बराबरी गरेका छन् । तालिकामा ४ अंक जोडेका पुलिस र संकटा गोल अन्तरका आधारमा नवौं र दशौं स्थानमा छन् । दुई जित र एक बराबर खेलेको तेस्रो स्थानको थ्री स्टारको ७ अंक रहेको छ । आर्मी दुई जित र एक हार ब्यहोरेको पाँचौ स्थानको आर्मीको ६ अंक रहेको छ ।
चौथो चरणको खेल जारी रहँदा गत सिजनको उपविजेता संकटा र बिभागीय टोली नेपाल पुलिस क्लब दोस्रो जितको खोजीमा रहेका छन् । लिगको तेस्रो खेल सकिदाँ दुबै टिमले एक खेल बराबर गरेको छन् भने अर्को खेलमा जित निकालेका छन् । लिगमा पुलिस र संकटाको समान ४ अंक रहेको छ । गोल अन्तरका आधारमा पुलिस भन्दा संकटा पछाडि छ ।।
वि.सं.२०७६ पुस १६ बुधवार ०७:३६



















