सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै, खेल एन्फा कम्प्लेक्स र दशरथ रंगशालामा हुने
वि.सं.२०७६ मंसिर ३० सोमवार ०७:२४
1.6K
shares
काठमाडौं: सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा साढे १२ बजे हुने पहिलो खेलमा त्रिभुवन आर्मी र फ्रेन्ड्स क्लब भिड्नेछन् भने दिनको दोस्रो खेलमा दशरथ रंगशालामा संकटा र च्यासलले दिउँसो साढे २ बजे प्रतिस्पर्धा गर्नेछन् ।
लिगको पहिलो खेलमा चारै टोली जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछन् । गत सिजन लिग जित्ने लक्ष्य सहित च्यासलले टिम तयार बनाएको थियो । राष्ट्रिय टिमका विमल घर्तीमगरदेखि देवेन्द्र तामाङ सहितको खेलाडी लिएर प्रतियोगितामा होमिएको च्यासलले लक्ष्य पार गर्न सकेन । सुपर ६ को लक्ष्य सहित लिगमा उत्रिएको संकटा अप्रत्यासित रुपमा उपविजेता बनेको थियो फेरि एक पटक शहिद स्मारक ए डिभिजन लिगमा दुबै टिम उपाधि लक्ष्य सहित मैदान उत्रदै छन् ।
लिगको तेस्रो खेलमा संकटा र च्यासलबीच प्रतिस्पर्धा हुन लागेको हो । लिगको पहिलो खेलमा दुबै टिम स्पष्ट तीन अंक बटुल्ने लक्ष्य सहित मैदान उत्रनेछन् । लिगको पहिलो खेलमा दुबै टिम जित निकाल्न चाहन्छन् । विभागीय त्रिभुवन आर्मी क्लब ए डिभिजन लिगमा सधै उपाधिमा दाबेदारीता प्रस्तुत गर्छ । गत सिजन पनि उसको दाबी उपाधिमा थियो । च्याम्पियन हुने लक्ष्य सहित प्रतियोगिताको सुरुवात गरेको आर्मी अन्तिममा चौथो स्थानमा रहन पुग्यो ।
लिगको दोस्रो खेलमा आर्मीले ललितपुर क्लब फ्रेन्डसको सामना गर्दैछ । लिगको पहिलो खेलमा दुबै टिम स्पष्ट तीन अंकको लागि मैदान उत्रनेछन् । शारिरिक रुपमा बलियो मानिने आर्मी फेण्डसलाई हराउँदै लिगको उपाधि यात्रामा सुखद सुरुवात गर्न चाहन्छ ।
वि.सं.२०७६ मंसिर ३० सोमवार ०७:२४



















