YouTube Link

च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न टोलीको टुंगो लाग्यो

Khanepani Dhal
Facebook Link

एजेन्सीः क्लब फुटबलको सबैभन्दा चर्चित प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने सबै १६ टोलीको टुंगो लागेको छ । बुधबार राति ८ टोलीले नकआउट चरणमा स्थान बनाएसँगै नकआउट चरणमा पुग्ने सबै टोलीको छिनोफानो भएको हो । नकआउट चरणको ‘ड्र’ १६ डिसेम्वरको हुँदैछ । नकआउट चरणमा पुग्न सफल टोलीमध्य अब समूह विजेताले अर्को कुनै समूहको उपविजेतासँग खेल्नेछन् ।

यद्यपि प्रतिद्वन्द्वी छनोट गर्दै दुवै टोली फरक राष्ट्रको प्रतिनिधित्व गरेको हुनुपर्नेछ । समूह विजेता टोलीले अन्तिम १६ को पहिलो लेग अवे मैदान र दोस्रो लेग घरेलु मैदानमा खेल्नेछन् । यसपटक केहि ठूला टोली समूह उपविजेताको रुपमा अगाडि बढेकाले पनि अन्तिम १६ को खेलमा नै केहि ठूला टोली आमनेसामने हुने सम्भावना रहेको छ । यस सिजनमा प्राय सबै ठुला क्लबले नकआउट चरणमा स्थान बनाएका छन् । साविक विजेता लिभरपुलसहित सर्वाधिक सफल क्लब रियल मड्रिड लगायतले नकआउट चरणमा स्थान बनाएका छन् । च्याम्पियन्स लिगको नकआउट चरणमा इन्ग्लिश प्रिमियर लिग र स्पेनिस ला लिगा खेल्ने क्लबको वर्चश्व रहेको छ ।

इंग्ल्याण्डबाट र स्पेनबाट समान चार चार टिम नकआउट चरणमा पुगेका छन् । इंग्ल्याण्डबाट लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी र टोटेनहमले नकआउट चरणमा स्थान बनाएका छन् । यस्तै स्पेनबाट बार्सिलोना, रियल मड्रिड, भ्यालेन्सिया र एट्लेटिको मड्रिडले अन्तिम १६ को यात्रा तय गरेका छन् । यस्तै इटालीबाट युभेन्ट्स, नापोली, एट्लान्टा, जर्मनबाट वायर्न म्युनिख, बोरुसिया डर्टमण्ड, आरबी लिपजीग तथा फ्रान्सबाट पेरिस सेन्ट जर्मेन (पीएसजी) र लियोनले नकआउट चरणमा स्थान पक्का गरेका छन् ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षा गर्न सरकारले जारी गर्‍यो १०२ बुँदे ‘एडभाइजरी’

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षा गर्न सरकारले जारी गर्‍यो १०२ बुँदे ‘एडभाइजरी’

वि.सं.२०८१ माघ १३ आइतवार १७:०९

काठमाडौं: पटक-पटक साइबर आक्रमणकारीको निसानामा परेपछि सरकारी वेबसाइट, डाटा र...

४० अर्ब बराबर तरलता खिच्दै नेपाल राष्ट्र बैंक

४० अर्ब बराबर तरलता खिच्दै नेपाल राष्ट्र बैंक

वि.सं.२०८१ माघ १३ आइतवार १६:५२

काठमाडौं: नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ...

‘शुभद्रा मदन फाउन्डेसन’का संस्थापक मदन राई दोषी ठहर

‘शुभद्रा मदन फाउन्डेसन’का संस्थापक मदन राई दोषी ठहर

वि.सं.२०८१ माघ १३ आइतवार १३:३४

काठमाडौं: खोटाङ सदरमुकाम दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम्) का संस्थापक...

वास्तुशास्त्र अलछिन र श्री सूक्तं साधना

वास्तुशास्त्र अलछिन र श्री सूक्तं साधना

वि.सं.२०८१ माघ १३ आइतवार ११:४०

श्री र सूक्तं दुईवटा प्रधान शब्द मिलेर बनेको अमृत हो...

न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दै

न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दै

वि.सं.२०८१ माघ १३ आइतवार ११:१६

काठमाडौं: नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा...

सभापति कपमा आज मच्छिन्द्र र एपीएफ भिड्दै

सभापति कपमा आज मच्छिन्द्र र एपीएफ भिड्दै

वि.सं.२०८१ माघ ११ शुक्रवार ११:०२

काठमाडौं: सभापति कप फुटबल प्रतियोगिता अन्तर्गत आज विभागीय क्लब एपीएफ...