YouTube Link

भारतीय राज्यसभाबाट विवादित नागरिकता संशोधन विधेयक पारित

Facebook Link

एजेन्सी: भारतीय राज्यसभाबाट नागरिकता संशोधन विधेयक २०१९ बुधबार पारित भएको छ । राज्यसभामा विधेयकको पक्षमा १ सय २५ मत परेका थिए भने १ सय ५ मत विपक्षमा परेका थिए । शुरुमा उक्त विधेयक विशेष समितिमा पठाउनेबारे मतदान भए पनि असफल भएको थियो । उक्त विधेयक सोमवार लोकसभाबाट बहुमतले पारित भएको थियो ।

अब भारतीय राष्ट्रपतिले हस्ताक्षर गरेपछि विधेयक कानुन बन्नेछ । गृहमन्त्री अमित शाहले विधेयक राज्यसभामा पेश गर्नासाथ विपक्षी सांसदले हंगामा मचाएका थिए । विधेयकले अल्पसंख्यक मुस्लिमलाई अत्याचार गरेको उनीहरूको दाबी छ । विपक्षीले यो विधयकले भुटान, श्रीलंका र म्यान्माका हिन्दु, बौद्ध, शिख धर्मावलम्बीलाई नसमेटेको भन्दै विरोध गरेका थिए । नागरिकता संशोधन विधेयक पारित भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई ऐतिहासिक भन्दै खुशी प्रकट गरेका छन् । धार्मिक आधारमा उत्पीडित व्यक्तिले यसबाट सम्मानको जीवन बाँच्न पाउने उनले उल्लेख गरेका छन् ।

यता कंग्रेस अध्यक्ष सोनिया गान्धीले भने विधेयक पारित हुनु भारतका लागि कालो दिन भएको दाबी गरेकी छन् । नागरिकता संशोधन विधेयकको विरोधमा असममा विरोध शुरु भएको छ । प्रदर्शनकारीले राजधानी दिसपुरमा बसमा आगजनी गरेका छन् । प्रदर्शन हिंस्रक बन्दै गएपछि असमका १० जिल्लामा बुधवार साँझदेखि २४ घण्टाका लागि इन्टरनेट सेवा बन्द गरिएको छ । डिब्रुगढमा रेलसेवा बन्द भएको छ । आसममा बुधवार रातिसम्म ५ हजार अर्धसैनिक पठाइएको छ । आन्दोलनका कारण त्यस इलाकमा शैक्षिक संस्था समेत ठप्प छन् ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:३३

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ...

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:१८

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा...

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०९

काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम...

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०७:१९

काठमाडौं: आसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत नेपालले युएई त्रिकोणात्मक सिरिजको...

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०६:५२

काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ...