YouTube Link

भारतीय राज्यसभाबाट विवादित नागरिकता संशोधन विधेयक पारित

Facebook Link

एजेन्सी: भारतीय राज्यसभाबाट नागरिकता संशोधन विधेयक २०१९ बुधबार पारित भएको छ । राज्यसभामा विधेयकको पक्षमा १ सय २५ मत परेका थिए भने १ सय ५ मत विपक्षमा परेका थिए । शुरुमा उक्त विधेयक विशेष समितिमा पठाउनेबारे मतदान भए पनि असफल भएको थियो । उक्त विधेयक सोमवार लोकसभाबाट बहुमतले पारित भएको थियो ।

अब भारतीय राष्ट्रपतिले हस्ताक्षर गरेपछि विधेयक कानुन बन्नेछ । गृहमन्त्री अमित शाहले विधेयक राज्यसभामा पेश गर्नासाथ विपक्षी सांसदले हंगामा मचाएका थिए । विधेयकले अल्पसंख्यक मुस्लिमलाई अत्याचार गरेको उनीहरूको दाबी छ । विपक्षीले यो विधयकले भुटान, श्रीलंका र म्यान्माका हिन्दु, बौद्ध, शिख धर्मावलम्बीलाई नसमेटेको भन्दै विरोध गरेका थिए । नागरिकता संशोधन विधेयक पारित भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई ऐतिहासिक भन्दै खुशी प्रकट गरेका छन् । धार्मिक आधारमा उत्पीडित व्यक्तिले यसबाट सम्मानको जीवन बाँच्न पाउने उनले उल्लेख गरेका छन् ।

यता कंग्रेस अध्यक्ष सोनिया गान्धीले भने विधेयक पारित हुनु भारतका लागि कालो दिन भएको दाबी गरेकी छन् । नागरिकता संशोधन विधेयकको विरोधमा असममा विरोध शुरु भएको छ । प्रदर्शनकारीले राजधानी दिसपुरमा बसमा आगजनी गरेका छन् । प्रदर्शन हिंस्रक बन्दै गएपछि असमका १० जिल्लामा बुधवार साँझदेखि २४ घण्टाका लागि इन्टरनेट सेवा बन्द गरिएको छ । डिब्रुगढमा रेलसेवा बन्द भएको छ । आसममा बुधवार रातिसम्म ५ हजार अर्धसैनिक पठाइएको छ । आन्दोलनका कारण त्यस इलाकमा शैक्षिक संस्था समेत ठप्प छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...