Health Ad
YouTube Link

रामेछापको उमाकुण्डमा बिशाल बौद्ध गुम्बा, बिहार शिक्षालय निर्माण हुने

Khanepani Dhal
Facebook Link

रामेछापः रामेछाप जिल्लाको उमाकुण्ड गाँउपालिका–६ झगरे खानीमा करोडौको लागानीमा बौद्ध गुम्बा, बिहार शिक्षालयको निर्माण हुने भएको छ । गुम्बा निर्माणकार्यका लागि धर्मगुरु थेण्डुप रिन्पोछेले उ झगरे खानीमा शान्ति, समृद्धि र दिगो विकासका लागि वाङ तथा प्रवचन कार्यक्रमको आयोजना गरी बौद्ध गुम्बा, बिहार र शिक्षालय निर्माण गर्ने घोषणा गरेका छन् ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवार, प्रशासकीय अधिकृत इश्वरीप्रसाद सुवेदी र वडा अध्यक्ष कृष्ण बहादुर सुनुवारको उपस्थितिमा कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा रामेछाप जिल्लाको उत्तरी भेग उमाकुण्ड, गोकुलगंगा र लिखु तामाकोशी गाँउपालिकाका मानिसहरुको सहभागि थिए । कार्यक्रमका लागि राजनितिज्ञ तथा पत्रकार कृष्णबहादुर तामाङ र सामाजिक क्षेत्रमा सक्रिय कर्म छेतेन लामाको पहलमा गुम्बा, बिहार र बौद्ध शिक्षालयको निर्माण हुन लागेको हो ।

कार्यक्रममा धर्मगुरु रिन्पोछेले करिव ४० रोपनी क्षेत्रफलमा भब्य बौद्ध गुम्बा, बिहार, शिक्षालय र प्रवचन दिन आउने रिन्पोछे र धर्मगुरुहरुको लागि बिशिष्ठ र साधरण गरि दुईवटा अतिथि गृहको पनि निर्माण गर्ने घोषणा गरेका छन् । बौद्ध गुम्बा, बिहार र शिक्षालयको निर्माणका लागि गाँउपालिका र वडाका जनप्रतिनिधिहरुले आफुले गर्न सक्ने सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । गुम्बा निर्माणका लागि गरुडसिंह तमाङले १२ रोपनी जग्गादान गरेका छन भने बाँकी जग्गाको ब्यवस्थापन गाँउपालिका र वडाका जनप्रतिनिधिहरुले उपलब्ध गराई सकेका छन ।

धर्मगुरु थेन्डुप रिन्पोछेले बौद्ध गुम्बा, बिहार र स्कुल निर्माण गर्ने घोषणा गरेकै स्थानमा बौद्ध गुम्बा, बिहार र स्कुल निर्माण भएमा त्यस क्षेत्रमा बौद्ध धर्म र दर्शनको ज्ञान ब्यापक रुपमा फैलने विश्वास लिईएको छ । गुम्बा निर्माणपछि नियमित रुपमा धर्म गुरु र रिन्पोछेहरुबाट बौद्ध धर्म र बौद्ध दर्शनका बारेमा नियमित रुपमा प्रवचनहरु दिइने धर्म गुरु थेन्डुप रिन्पोछे स्वयं उपस्थित भई हरेक ६ महिनामा एक पटक १५ दिनसम्म करिब पाँच हजार जनालई बौद्ध धर्म र दर्शनको बारेमा प्रबचन दिने घोषणा गरेका छन् ।

बौद्ध धर्म दर्शन र ज्ञानको आम जिवनमा कस्तो महत्व छ भन्ने कुराहरु यस ठाउँका बौद्धमार्गीहरुलाई प्रवचनद्वारा सिकाईने र यस गुम्बामा अन्य बिद्यर्थीहरुलाई पठनपाठन गराईने छ । यसका लागि रामेछाप मात्रै नभएर दोलखा, सोलुखुम्बु र ओखलढुंगाका विद्यार्थीले समेत बौद्ध शिक्षलयमा बौद्ध दर्शन अध्ययन गर्न सक्नेछन् ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

वि.सं.२०८२ वैशाख ४ बिहीवार १०:५४

काठमाडौं: नेपाल प्रहरीका ७५ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ सईमा...

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

वि.सं.२०८२ वैशाख ३ बुधवार ०९:३२

काठमाडौं: विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै...

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

वि.सं.२०८१ चैत ३१ आइतवार १०:५५

काठमाडौं: शिक्षक-कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल...

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप

वि.सं.२०८१ चैत २९ शुक्रवार १७:३८

काठमाडौं: मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न जिल्ला...

सचिव आचार्यलाई सोधे राज्यमन्त्री तामाङले २४ घण्टे स्पष्टीकरण

सचिव आचार्यलाई सोधे राज्यमन्त्री तामाङले २४ घण्टे स्पष्टीकरण

वि.सं.२०८१ चैत २९ शुक्रवार ०८:४९

काठमाडौं: नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पटक-पटक स्पष्टीकरण...

काठमाडौं उपत्यकामा आज तीन स्थानबाट प्रदर्शन हुँदै

काठमाडौं उपत्यकामा आज तीन स्थानबाट प्रदर्शन हुँदै

वि.सं.२०८१ चैत २६ मंगलवार ०९:३४

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल शिक्षक महासंघ र सहकारी...