YouTube Link

एट्लेटिको मड्रिड युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणमा

Khanepani Dhal
Facebook Link

एजेन्सी: एट्लेटिको मड्रिड युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा जित्नै पर्ने दबाबका साथ मैदानमा उत्रिएको डिएगो सिमोनीको टिमले अर्को खेलको नतिजामा भर पर्नुपर्ने अवस्था थियो ।

खेलको दोस्रो मिनेटमै एट्लेटिकोले पेनाल्टी पाएको थियो । किरन ट्रिपियरले पहार गरेको पेनाल्टी मस्कोका गोलकिपरले बचाएका थिए । १७औं मिनेटमा पाएको अर्को पेनाल्टीलाई हाओ फिलिक्सले गोलमा परिणत गरे । त्यसपछि ५४औं मिनेटमा फिलिपेले गोल गर्दै एटेलेटिको मड्रिडलाई २-० गोल अन्तरले जित दिलाए । जितसँगै एट्लेटिकोले समूहमा १० अंक बनाउँदै समूहको उपविजेता बनेको छ ।

समूह ‘बी’ बाट इटालियन क्लब युभेन्टस विजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेको छ । यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेको युभेन्टसले समूह चरणको अन्तिम खेलमा जर्मन क्लब बायर लिभरकुसेनलाई २–० ले हरायो । युभेन्टसको जितमा रोनाल्डो र हिग्वेनले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बनेको खेलको ७५औं मिनेटमा रोनाल्डोले पाउलो डिबालाको पासमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । इन्ज्युरी समयमा हिग्वेनले गोल गर्दै युभेन्टसलाई सहज जित दिलाए ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
चिनियाँ नयाँ वर्षको अवसरमा नेपाली युवा टोली र चीनको युनानले मैत्रीपूर्ण फुटबल खेल्दै

चिनियाँ नयाँ वर्षको अवसरमा नेपाली युवा टोली र चीनको युनानले मैत्रीपूर्ण फुटबल खेल्दै

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:२९

काठमाडौं: चिनियाँ नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा)...

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

वि.सं.२०८१ फागुन २ शुक्रवार ११:०१

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका...

इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न रेखा पौडेल नेपाल फर्किँदै

इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न रेखा पौडेल नेपाल फर्किँदै

वि.सं.२०८१ फागुन २ शुक्रवार १०:२३

काठमाडौं: व्यवसायीक फुटबल खेल्नका लागि युएई पुगेकी नेपाली राष्ट्रिय महिला...

सर्वाधिक कमाउने खेलाडीको सूचीमा रोनाल्डो पहिलो नम्बरमा

सर्वाधिक कमाउने खेलाडीको सूचीमा रोनाल्डो पहिलो नम्बरमा

वि.सं.२०८१ फागुन २ शुक्रवार १०:०५

एजेन्सी: पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो सन् २०२४ मा विश्वकै...

शीर्ष स्थानको लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

शीर्ष स्थानको लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:३२

एजेन्सी: इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानको लिभरपुल बराबरीमा राकिएको छ...

च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा बायर्नको जित

च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा बायर्नको जित

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:१५

एजेन्सी: बायर्न म्युनिखले च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा जित...