तिलोत्तमा गोल्डकप फुटबलको उपाधि क्यामरुनको दाउफिन्स फेमली फुटबल क्लबलाई
वि.सं.२०७५ फागुन १४ मंगलवार ०९:०४
1.4K
shares
२१औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबलको उपाधि क्यामरुनको दाउफिन्स फेमली फुटबल क्लबले जितेको छ ।
हिजो भएको फाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई सडन डेथमा ६-५ गोलअन्तरले पराजित गर्दै दाउफिन्सले उपाधि उचालेको हो । रुपन्देहीको एन्फा टेक्निकल सेन्टरमा भएको खेल निर्धारित समयमा गोल रहित बराबरी भएपछि पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टी सुटआउटमा पनि खेल ५-५ गोलको बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो । सडन डेथमा पुलिसका तेज तामाङले गोल गर्न सकेनन् भने दाउफिन्सका मियाले गोल गर्दै टोलीलाई उपाधि दिलाए । उपाधिसंगै दाउफिन्सले ८ लाख ८० हजार रुपैयाँ नगद पुरस्कार पाएको छ भने उपविजेता बनेको पुलिसले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ ।।
वि.सं.२०७५ फागुन १४ मंगलवार ०९:०४




















