YouTube Link

क्वाटरफाइनलमा स्विट्जरल्यान्डको भिडन्त अर्जेन्टिनासँग

Facebook Link

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

 

जितसँगै स्विट्जरल्यान्डले सात दशकभन्दा लामो प्रतीक्षापछि पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा पुगेको हो । निर्णायक पेनाल्टीमा रुबेन भार्गासले सहज गोल गरे । त्यसअघि कोलम्बियाका डाभिन्सन सान्चेजको प्रहार क्रसबारमा लागेको थियो भने कुचो हर्नान्डेजको पेनाल्टी स्विस गोलकिपर ग्रेगर कोबेलले रोकेका थिए ।

 

पहिलो हाफमा कोलम्बियाले खेलमा पकड बनाए पनि स्पष्ट गोल गर्ने अवसर सिर्जना गर्न सकेन । दोस्रो हाफमा पनि दुवै टोलीले गोलका स्पष्ट अवसर बनाउन सकेनन् । अतिरिक्त समयमा खेल थप रोमाञ्चक बन्यो । कोलम्बियाका झोन लुकुमीको हेडर क्रसबारमा लाग्यो । स्विट्जरल्यान्डका वैकल्पिक खेलाडी जेकी आमडौनीको प्रहार कामिलो भार्गासले रोके भने जामिन्टन काम्पाजले सुनौलो अवसर गुमाए ।

 

अन्ततः खेल पेनाल्टी सुटआउटमा पुग्यो । त्यहाँ स्विट्जरल्यान्डले ४–३ को जित निकाल्दै क्वार्टरफाईनल यात्रा तय गर्यो । अब स्विट्जरल्यान्डले क्वाटरफाइनलमा अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । साविक विजेता अर्जेन्टिनाले इजिप्टलाई ३-२ गोल अन्तरले हराउँदै क्वाटरफाइनल यात्रा सुरक्षित गरेको छ । योसँगै क्वाटरफाइनलको समीकरण पूरा भएको छ । फ्रान्स र मोरक्को , स्पेन र बेल्जियम तथा इङ्ल्यान्ड र नर्वेबीच क्वाटरफाइनल खेल हुनेछ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...