YouTube Link

इजिप्टमाथि अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन जित, जितपछि भावुक बने मेस्सी

Facebook Link

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को अन्तिम १६ मा अर्जेन्टिनाले अविश्वसनीय पुनरागमन गर्दै इजिप्टलाई ३-२ गल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । एटलान्टा स्टेडियममा भएको रोमाञ्चक खेलमा इजिप्ट ६९औँ मिनेटसम्म २-० ले अगाडि रहे पनि अन्तिम ११ मिनेटमा ३ गोलले पछि पर्दै पराजित हुन पुग्यो ।

 

इजिप्टले १५औँ मिनेटमा यासेर इब्राहिमको हेडरमार्फत अग्रता लियो । त्यसपछि गोलरक्षक मोस्तफा शोबिरले उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनाका लगातार प्रयास विफल पारे । उनले लियोनेल मेस्सीको पेनाल्टी बचाउनुका साथै एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजका उत्कृष्ट प्रहार पनि रोके । खेलको ५९औँ मिनेटमा इजिप्टले दोस्रो गोल गर्यो । तर भिआर मार्फत पहिले नै अर्जेन्टिनामाथि इजिप्टले फाउल भएको भन्दै उक्त गोल अस्वीकृत गरियो ।

 

 

खेलमा इजिप्टले काउन्टर अट्याकमा दोस्रो गोल गर्न सफल भयो । सलाह र हसनको समन्वयमा जिजोले ६७औँ मिनेटमा गोल गर्दै इजिप्टलाई २-० को बलियो अवस्थामा पुर्‍याए । तर त्यसपछि खेलको दृश्य नै बदलियो । अर्जेन्टिनाका लागि ७९ औँ मिनेटमा क्रिस्टियन रोमेरोले एक गोल फर्काए । त्यसको ५ मिनेटपछि कप्तान मेस्सीले उत्कृष्ट फिनिसिङ गर्दै खेल २-२ को बराबरीमा ल्याए । जारी विश्वकपमा सर्वाधिक ८ गोल गरेका मेस्सीको समग्रमा २१ गोल पुगेको छ । खेलको अतिरिक्त समयको दोस्रो मिनेटमा अर्जेन्टिनाको लागि एन्जो फर्नान्डेजले निर्णायक गोल गरेपछि अर्जेन्टिना ३-२ को ऐतिहासिक जित दर्ता गर्दै विश्वकप उपाधि रक्षाको यात्रालाई जीवित राख्यो ।

 

जितपछि भावुक बनेका मेस्सी

इजिप्टमाथिको अविस्मरणीय पुनरागमन जितपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी भावुक बने । खेल सकिएपछि उनी मैदानको बीचमा आँसु झार्दै टोलीका साथीहरूको काँधमा टाउको राखेर रोइरहेका थिए । यो दृश्य उनको ऐतिहासिक विश्वकप यात्राको अर्को स्वर्णिम अध्याय बन्यो ।

 

इजिप्टसँग २-० गोल अन्तरले पछि परेको अवस्थामा निराश मुद्रामा देखिएका मेस्सीलाई देखेर धेरैले साविक विजेता प्रतियोगिताबाट बाहिरिने अनुमान गरेका थिए । यदि अर्जेन्टिना पराजित भएको भए, मेस्सीका आँसु पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोका आँसुझैँ विश्वकपबाट बिदाइका आँसु बन्ने थिए । रोनाल्डो स्पेनसँग अतिरिक्त समयमा पराजित भएपछि भावुक हुँदै विश्वकपबाट बाहिरिएका थिए ।

 

 

३९ वर्षीय मेस्सी अहिले पहिलेजस्तो तीव्र गतिमा नदौडे पनि उनको जादु अझै कायम छ । उनी खेल अध्ययन गर्छन् , सही समय पर्खिन्छन् र निर्णायक क्षणमा आफ्नो प्रतिभा देखाउँछन् । शरीर केही सुस्त भए पनि उनको सोच र खेल बुझ्ने क्षमता अझै धारिलो छ । यो विश्वकपमा मेस्सीले पेनाल्टी गुमाएको दोस्रो पटक थियो । यसअघि अस्ट्रियाविरुद्ध पनि उनले पेनाल्टी चुकाएका थिए । विश्वकप इतिहासमा सुटआउट बाहेक एउटै संस्करणमा दुई पेनाल्टी असफल हुने उनी पहिलो खेलाडी बने । खेलपछि अर्जेन्टिनाका समर्थकले लामो समयसम्म गीत गाउँदै टोलीको जित मनाए भने टोलीका खेलाडीहरूले मेस्सीलाई काँधमा उठाएर उत्सव मनाए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...