YouTube Link

नेपालको एपीएफ र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी भिड्दै

Facebook Link

काठमाडौं: साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत आज दुई खेल हुँदैछ । उपाधिको दाबेदार रहेका नेपालको लिग च्याम्पियन एपीएफ र भारतको इस्ट बंगालले आज आफ्नो दोस्रो खेल खेल्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको च्याम्पियनसिपमा इस्ट बंगाल र पाकिस्तानको कराची सिटी एफसीबीच दिउँसो २ बजे खेल हुनेछ ।

 

यस्तै एपीएफले साँझ ६ बजे हुने खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीसँग खेल्नेछ । च्याम्पियनसिपमा एपीएफ र इस्ट बंगालले आफ्नो पहिलो खेलमा फराकिलो जित हात पार्दै समान ३ अंक जोडेका छन् । उपाधिको दाबेदार रहेको यी दुई क्लब लगातार जित निकाल्दै फाइनल नजिक पुग्ने लक्ष्यमा छ  ।

 

एपीएफ पहिलो खेलमा बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीलाई ४–० ले पराजित गरेको थियो । यस्तै इस्ट बंगालले ट्रान्सपोर्ट युनाइटेडलाई पनि ४-० ले पराजित गरेको थियो । दक्षिण एसियाका पाँच राष्ट्रको च्याम्पियन क्लबहरु सहभागि यस प्रतियोगिता एपिएफ र इस्ट बंगलापछि रहेको पाकिस्तानको कराचीको दुई बराबरीबाट २ अंक छ । यस्तै ट्रान्सपोर्ट युनाइटेड र नसरिन स्पोर्टसको १–१ अंक छन् ।

 

नेपाली टिममा रश्मी घिसिङ, मिना देउवा, अनिता केसी, सरू लिम्बुजस्तो उत्कृष्ट फरवार्ड र मिडफिल्डर छन् । ​ एपीएफले आजको  खेल जिते एक खेल अगावै फाइनल यात्रा तय गर्न सक्नेछ ।

 

च्याम्पियनसिपका खेल राउन्ड रोबिन आधारमा हुनेछन् । लिग चरणमा शीर्ष र दोस्रो स्थानको टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले ५ हजार अमेरिकी डलर तथा बाँकी तीन टोलीले समान २ हजार अमरिकी डलर प्राप्त गर्नेछन् ।

 

एन्फाले प्रतियोगिताको लागि दुई खालको टिकटदर कायम गरेको छ । साधारणतर्फ ३०० र भीआईपीतर्फ ५०० को टिकट मूल्य राखिएको छ । टिकट खल्ती एपमार्फत खरिद गर्न सकिनेछ । प्रतियोगिताको लागि अनुमानित बजेट ३ करोड ७७ लाख ७७ हजार ९० रुपैयाँ रहेको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...