YouTube Link

कामनपा वडा नम्बर ६ ले गर्यो खेलाडीलाई प्रोत्साहन स्वरुप सम्मान

Facebook Link

काठमाडौं: काठमाडौं महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भुवन लामाले वडाका स्थानीय फूटबल खेलाडीहरुलाई वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । हालै सम्पन्न तेस्रो प्रयाग राज सिंह सुवाल वडा फुटबल प्रतियोगिता २०८२ मा वडा नम्बर ६ तृतीय स्थान हाँसिल गरेको उपलक्ष्यमा अध्यक्ष लामाले प्रोत्साहन स्वरुप खेलाडीहरुलाई सम्मान गरेको हो ।

 

सम्मान कार्यक्रममा बोल्दै वडा अध्यक्ष लामाले फुटबल खेललाई अघि बढाउन स्थानीय खेलाडी उत्पादनका लागि वडाले प्रत्येक वर्ष फुटबल प्रतियोगिता आयोजना गरिने बताए । उनले राष्ट्रियस्तरको खेलाडी उत्पादनका लागि खेल मैदानको अभाव रहेको पनि सुनाए । खेल मैदानका लागि हाल ६-७ करोडमा निर्माण भईरहेको बागमती नगर पार्क टाउन प्लानिङमा रहेको जग्गालाई खेल मैदानका लागि उपलब्ध गराउन महानगरपालिकालाई प्रस्ताव राखेको र सो प्रस्ताव स्वीकृत भएमा त्यहाँ मिनि फुटबल रंगशाला निर्माण गर्ने योजना रहेको बताए ।

 

त्यसैगरी स्थानीय भेट्रान फुटबल क्लवका अध्यक्ष विवेक लामाले मैदान अभावका कारण वडा नम्बर ६ मा स्थानीयस्तरमा फुटबल खेल्ने खेलाडिहरु भेट्न मुस्किल रहेको बताए । त्यसका लागि स्थानीयस्तरमा प्रत्येक वडामा गुणस्तरीय फुटबल मैदान आवश्यक रहेको बताउँदै वडा अध्यक्षलाई ध्यानाकर्षण समेत गराए । केहि वर्षअघि यहि वडा नम्बर ६ अर्थात् बौद्धबाट राष्ट्रियस्तरको खेलाडिहरु उत्पादन हुँदै आएकोमा हाल आएर मैदानकै अभावका कारण सो प्रक्रिया अहिले आएर ठप्प जस्तै रहेको लामाले बताए ।

 

त्यसैगरी हालै सम्पन्न प्रयाग राज सिंह सुवाल वडास्तरीय फुटबल प्रतियोगितामा वडा नम्बर ६ ले तृतीय स्थानमा चित्त बुझएको थियो । श्याम लामाको नेतृत्वमा बनेको टोलिले नकआउट चरणमा वडा नम्बर ९, १२, १४ लाई हराउँदै सेमिफाईनलसम्मको यात्रा तय गरेको थियो । सेमिफाईनलमा वडा नम्बर ६ ट्राईब्रेकरमा वडा नम्बर ४ सँग पराजित हुँदै उपाधि भिडन्तबाट बञ्चित हुन पुगेको थियो ।

 

उपाधि भिडन्तबाट बञ्चित भएसँगै टोलिका प्रमुख श्याम लामाले आगामी दिनमा हुने वडास्तरीय फुटबल प्रतियोगिताका लागि अहिलेदेखि नै निरन्तर प्रशिक्षणमा नयाँ खेलाडिहरुको खोजि गर्दै राष्ट्रियस्तरसम्मको खेलाडि उत्पादनको लक्ष्य सहित अब आउने वडास्तरीय प्रतियोगिता जित्न सक्षम टोलि बनाउने तयारीमा जुट्ने प्रतिवद्धता व्यक्त गरे ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...