YouTube Link

कामनपा वडा नम्बर ६ ले गर्यो खेलाडीलाई प्रोत्साहन स्वरुप सम्मान

Facebook Link

काठमाडौं: काठमाडौं महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भुवन लामाले वडाका स्थानीय फूटबल खेलाडीहरुलाई वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । हालै सम्पन्न तेस्रो प्रयाग राज सिंह सुवाल वडा फुटबल प्रतियोगिता २०८२ मा वडा नम्बर ६ तृतीय स्थान हाँसिल गरेको उपलक्ष्यमा अध्यक्ष लामाले प्रोत्साहन स्वरुप खेलाडीहरुलाई सम्मान गरेको हो ।

 

सम्मान कार्यक्रममा बोल्दै वडा अध्यक्ष लामाले फुटबल खेललाई अघि बढाउन स्थानीय खेलाडी उत्पादनका लागि वडाले प्रत्येक वर्ष फुटबल प्रतियोगिता आयोजना गरिने बताए । उनले राष्ट्रियस्तरको खेलाडी उत्पादनका लागि खेल मैदानको अभाव रहेको पनि सुनाए । खेल मैदानका लागि हाल ६-७ करोडमा निर्माण भईरहेको बागमती नगर पार्क टाउन प्लानिङमा रहेको जग्गालाई खेल मैदानका लागि उपलब्ध गराउन महानगरपालिकालाई प्रस्ताव राखेको र सो प्रस्ताव स्वीकृत भएमा त्यहाँ मिनि फुटबल रंगशाला निर्माण गर्ने योजना रहेको बताए ।

 

त्यसैगरी स्थानीय भेट्रान फुटबल क्लवका अध्यक्ष विवेक लामाले मैदान अभावका कारण वडा नम्बर ६ मा स्थानीयस्तरमा फुटबल खेल्ने खेलाडिहरु भेट्न मुस्किल रहेको बताए । त्यसका लागि स्थानीयस्तरमा प्रत्येक वडामा गुणस्तरीय फुटबल मैदान आवश्यक रहेको बताउँदै वडा अध्यक्षलाई ध्यानाकर्षण समेत गराए । केहि वर्षअघि यहि वडा नम्बर ६ अर्थात् बौद्धबाट राष्ट्रियस्तरको खेलाडिहरु उत्पादन हुँदै आएकोमा हाल आएर मैदानकै अभावका कारण सो प्रक्रिया अहिले आएर ठप्प जस्तै रहेको लामाले बताए ।

 

त्यसैगरी हालै सम्पन्न प्रयाग राज सिंह सुवाल वडास्तरीय फुटबल प्रतियोगितामा वडा नम्बर ६ ले तृतीय स्थानमा चित्त बुझएको थियो । श्याम लामाको नेतृत्वमा बनेको टोलिले नकआउट चरणमा वडा नम्बर ९, १२, १४ लाई हराउँदै सेमिफाईनलसम्मको यात्रा तय गरेको थियो । सेमिफाईनलमा वडा नम्बर ६ ट्राईब्रेकरमा वडा नम्बर ४ सँग पराजित हुँदै उपाधि भिडन्तबाट बञ्चित हुन पुगेको थियो ।

 

उपाधि भिडन्तबाट बञ्चित भएसँगै टोलिका प्रमुख श्याम लामाले आगामी दिनमा हुने वडास्तरीय फुटबल प्रतियोगिताका लागि अहिलेदेखि नै निरन्तर प्रशिक्षणमा नयाँ खेलाडिहरुको खोजि गर्दै राष्ट्रियस्तरसम्मको खेलाडि उत्पादनको लक्ष्य सहित अब आउने वडास्तरीय प्रतियोगिता जित्न सक्षम टोलि बनाउने तयारीमा जुट्ने प्रतिवद्धता व्यक्त गरे ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...