YouTube Link

आज काठमाण्डु गुर्खाज र कर्णाली याक्सबीच प्रतिष्पर्धा हुँदै

Facebook Link

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज काठमाण्डु गुर्खाज र कर्णाली याक्सबीच प्रतिष्पर्धा हुँदैछ । यी दुईबीचको खेल दिउँसो ३:३० बजे सुरु हुनेछ । ५ खेल खेलिसकेको काठमाडौं ६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

 

पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको काठमाण्डु दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो । तेस्रो खेलमा विराटनगर किंग्ससँग ५ विकेटको हारको सामना गरेको काठमाण्डु चौथो खेलमा लुम्बिनीविरुद्ध २२ रनले विजयी भएको हो । पाँचौं खेलमा चितवनलाई ५३ रनले हराएको काठमाण्डु आजको खेलमा उच्च मनोबलका साथ मैदानमा उत्रनेछ ।

 

चार खेल खेलेर दुई अंक मात्र जोडेको कर्णाली तालिकाको छैटौँ स्थानमा छ । पहिलो खेलमा चितवनसँग ४ विकेटले पराजित भएको कर्णाली दोस्रो खेलमा लुम्बिनीविरुद्ध ९ विकेटको जित निकालेको थियो । तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले हारेको कर्णाली चौथो खेलमा विराटनगरसँग ३ विकेटले पराजित भएको हो । कर्णालीका लागि अब सबै खेल जित्नैपर्ने दबाब छ ।

 

अंक तालिकामा अपराजित सुदूरपश्चिम १० अंकसहित प्लेअफमा पुगिसकेको छ । पाँच खेलमा एक खेल गुमाएको विराटनगरको समेत ८ अंकसहित दोस्रो स्थानमा छ । पाँच खेल खेलेको काठमाण्डु ६ अंकसहित तेस्रो स्थानमा छ भने चितवन र लुम्बिनीको समान चार अंक छ । रनरेटका आधारमा चितवन चौथो स्थानमा छ भने लुम्बिनी पाँचौं स्थानमा छ । कर्णाली र पोखराको दुई/दुई अंक छ भने जनकपुर अंकबिहीन पुछारमा छ ।

 

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि ९ हजार ४५० टिकट बिक्री गर्दै आएको छ । मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुनेछ । एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...