YouTube Link

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

Facebook Link

काठमाडौं: दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिष्पर्धा हुँदैछ । यी दुईबीचको खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

 

पोखरा नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रने छ भने सुदूरपश्चिम राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदानमा हुनेछ । नेपाली क्रिकेटमा कुशल राम्रो ब्याट्सम्यानको रुपमा चिनिन्छन् । अघिल्लो खेलमा कुशलले हिर्काएको सिक्सले स्टार स्पोटर्सको कमेन्टेटर बक्सको सिसासमेत फुटेको थियो ।

 

सुदूरपश्चिमका कप्तान दीपेन्द्र अलराउन्डर हुन् । उनको बल, ब्याट र फिल्डको गतिलाई रोक्न विपक्षीलाई धौधौ पर्छ । यी दुई कप्तान रहेको टिमको प्रतिस्पर्धालाई रोचक रुपमा हेरिएको छ । एनपीएलमा एक-एक खेल खेलिसक्दा विराटनगर, सुदूरपश्चिम र लुम्बिनीले दुई-दुई अंक जोडिसकेका छन् भने दुई खेल खेलेका काठमाण्डू र चितवनको समेत दुई-दुई अंक छ । जनकपुर, पोखरा र कर्णाली भने अंकबिहीन छन् । पोखरा आज दुई अंक जोड्दै प्रतियोगितामा पुनरागमन चाहन्छ भने अघिल्लो सिजनको उपविजेता सुदूरपश्चिम दोस्रो जितको खोजीमा हुनेछ ।

 

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुँदै छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि ९ हजार ४५० टिकट बिक्री गर्दै आएको छ । मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुनेछ ।

 

एनपीएल लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदैछन् । शनिबारका लागि टिकट मूल्य साधारणतर्फ ५ सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ । यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य ५ सय र १ हजार तोकिएको छ ।

 

प्लेअफपछिका खेलका लागि जनरलतर्फ १ हजार र प्रिमियरतर्फ २ हजार रुपियाँ राखिएको छ । क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार रुपियाँ तय गरेको छ । एनपीएलमा जनकपुर, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...