YouTube Link

खुलामञ्च सर्वसाधारणका लागि सधैंका लागि खुला हुने तयारीमा

Facebook Link

काठमाडौं: खुलामञ्च अहिले पुनःजागरणको अन्तिम चरणमा पुगेको छ । प्राकृतिक दूवोसहितको हरियाली चौर, वरिपरि बनेको खुला पैदल मार्ग, र समग्र क्षेत्रमा गरिएका पूर्वाधार सुधारका काम पूरा हुँदै गएसँगै खुलामञ्च अब छिट्टै सर्वसाधारणका लागि सधैंका लागि खुला हुने तयारीमा छ ।

 

अहिले शौचालय निर्माण र सिसीटिभी क्यामेरा जडानको काम मात्र बाँकी छ, साथै केही सरसफाइसम्बन्धी अन्तिम काम भइरहेको छ । चौरको १४ हजार ६ सय वर्गमिटर क्षेत्रमा नेपाली प्राकृतिक दूवो रोपिएको छ । पहिलेकै जमिन मिलाएर मलिलो माटो राखी दूवो रोपिएकाले अहिले खुलामञ्चको हरियाली निकै लोभलाग्दो देखिन्छ ।

 

महानगरपालिकाको सार्वजनिक निर्माण विभागले सञ्चालन गरेको खेलकुद पूर्वाधार मर्मत, सुधार तथा स्तरोन्नति कार्यक्रमअन्तर्गत यो कार्य सम्पन्न भएको हो । महानगरपालिकाका सबै वडामा खेलकुद पूर्वाधार विकासका लागि छुट्याइएको ६ करोड ९८ लाख ७० हजार रुपैयाँमध्ये करिब ९० लाख रुपैयाँ खुलामञ्चको चौरमा दूवो रोप्न खर्च गरिएको थियो ।

 

चौर वरिपरि ४ मिटर चौडाइको पैदल मार्ग बनाइएको छ, जसका लागि शहरका अन्य स्थानहरूको स्तरोन्नति क्रममा निकालिएका हेक्सागोनल ब्लकहरू पुनःप्रयोग गरिएको हो । पैदल मार्गमा २१ वटा बिजुलीका पोल जडान गरिएको छ, जसमा न्युरोडबाट निकालिएका पोल पुनःप्रयोग गरिएको हो । यी पोलमा दुई आर्म छन् मैदानतर्फ १०० वाटको बत्ती र पैदल मार्गतर्फ ३० वाटको बत्ती । दुवै बत्ती डेनाइट सेन्सरयुक्त भएकाले रातमा आफैँ बल्छन् र दिनमा निभ्छन् ।

 

खुलामञ्चलाई सबैका लागि खुला र बहुउपयोगी स्थानका रूपमा विकास गरिएको छ । बिहान शारीरिक व्यायाम गर्ने, बालबालिकालाई स्वतन्त्र रूपमा खेल्ने, ज्येष्ठ नागरिकलाई हिँडडुल तथा आराम गर्ने, सहरी जीवन नियाल्ने र युवाहरूलाई खेल अभ्यास तथा मनोरञ्जन गर्ने ठाउँका रूपमा यसलाई तयार पारिएको हो । मर्निङ वाकका लागि पनि यो मार्ग विशेष रूपमा उपयुक्त बनाइएको छ । चौरको पश्चिमतर्फ मुख्यद्वार नजिकै गिटीमाथि स्टोन डस्ट राखेर पार्किङ र बहुउपयोगी खुला स्थान बनाइएको छ । यस ठाउँमा भलिबल, ब्याडमिन्टन जस्ता खेल पनि खेल्न सकिने व्यवस्था छ ।

 

पूर्वाधार निर्माण र प्राविधिक परामर्शका लागि महानगरपालिकाले नेपाल सरकारको स्वामित्वको पूर्वाधार निर्माण कम्पनीसँग ०८१ वैशाख १० गते नीतिगत सहमति-पत्रमा हस्ताक्षर गरेको थियो । त्यसका आधारमा वैशाख २३ गते ग्रेडिङ र लेभलिङका लागि सम्झौता भयो र २४ गतेदेखि काम थालिएको थियो । काम पूरा भएपछि वर्षामा पानी नजम्ने र सतहको पानी जमिनभित्र पुनर्भरण हुने व्यवस्था मिलाइएको छ । चौरका ६ स्थानमा ४ फिट ब्यास र ४ फिट गहिराइ भएका वाटर रिचार्ज पिट बनाइएका छन् । त्यसपछि दैनिक ५० जनशक्ति परिचालन गरेर करिब तीन महिना ढुंगा टिप्ने तथा जमिन सफा गर्ने काम पनि गरिएको थियो ।

 

कुल २३ हजार ४१५ वर्गमिटर (४६ रोपनी १ दाम) क्षेत्रफलमा फैलिएको खुलामञ्च टुँडिखेलतर्फ २२० मिटर, रत्नपार्कतर्फ १९० मिटर, चौडाइमा प्राधिकरणतर्फ ११० मिटर र वीर अस्पतालतर्फ ११७ मिटर रहेको छ । काठमाडौं टावर निर्माणसँगै केही समय खुलामञ्च सार्वजनिक यातायात र बसपार्कका रूपमा प्रयोग गरिएको थियो । त्यस्तै २०७२ को भूकम्पपछि क्षति भएका वीर अस्पताल र दरबार हाइस्कुल पुनर्निर्माणका क्रममा यो स्थान सामग्री ढुवानी, विद्यालय सञ्चालन र श्रमिक बासस्थानका रूपमा प्रयोग भएको थियो ।

 

अब भने यो ऐतिहासिक खुला स्थान आधुनिक, हरियालीयुक्त र सुरक्षित सार्वजनिक क्षेत्रको रूपमा पुनःस्थापित हुन तयार छ । शौचालय र CCTV जडान पूरा भएसँगै औपचारिक रूपमा सर्वसाधारणका लागि खुला गरिने भएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

वि.सं.२०८३ कात्तिक १५ आइतवार १३:२५

शनिबार आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा बिनिता...

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...