YouTube Link

भस्ट्राचार विरुद्ध हाम्रो गोलको उपाधि टिटिजीले उचाल्यो

World Cup 2026
Facebook Link

काठमाडौं: बक्स अफिस इन्टरनेसनल ग्रुपद्वारा आयोजित भस्ट्राचार विरुद्ध हाम्रो गोल २०८२ प्रतियोगिताको उपाधि टिटिजीले जितेको छ । बुद्धि बिकास खेल मैदान ललितपुरमा शनिबार आयोजित प्रतियोगितामा लायन एफसीलाई ट्राईब्रेकरमा ४-२ गोल अन्तरले हराउँदै टिटिजीले उपाधि जितेको हो ।

 

बक्स अफिस इन्टरनेसनल ग्रुपले एक वर्षमा करिव ५३ वटा प्रतियोगिता सञ्चालन गरेको क्यालेन्डर अनुसार संस्थाले कात्तिक २९ गते आयोजना गरेको  थियो । हाल देशमा भईरहेको व्याप्त भस्ट्राचारविरुद्ध  हाम्रो गोल समाजिक सन्देशमूलक प्रतियोगितामा आयोजक बक्स अफिस फुटबल एकेडेमी, लाइन एफसी, लामा टोल ब्वाइज (टिटिजी) एफसी, सोल्टी एफसीले सेमिफाइनलका खेलहरु खेलेको थिए ।

 

 

भस्ट्राचारविरुद्ध हाम्रो गोलको सेमिफाइनलको पोहिलो खेलमा आयोजक बक्स अफिस फुटबल एकेडमीलाई लाइन एफसीले ३-२ गोल अन्तरले पराजित गरेर फाईनल प्रवेश गरेको थियो । त्यसैगरी दोस्रो सेमिफाइन खेलमा टिटिजीले सोल्टी एफसीलाई  ३-२ गोल अन्तरले पराजित गर्दै लायन एफसीसँग उपाधि भिडन्तको यात्रा तय गरेको थियो ।

 

टिटिजी एफसी र लाइन्स एफसीको फाईनल खेलको निर्धारित समयमा १-१ गोलमा खेल सकिँदा खेल ट्राईब्रेकरमा पुगेको थियो । ट्राईब्रेकरमा लायन एफसीका दुई खेलाडिले पोष्टको दिशा दिन नसक्दा अन्तत टिटिजीले उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो ।

 

प्रतियोगिताको उत्कृष्ट खेलाडी टिटिजीका निराजन श्रेष्ठ भए भने उत्कृष्ट गोकिपरमा लायन एफसीका इन्द्र लामा चुनिए । फेयर प्लेमा भने सोल्टी एफसी घोषित भए ।

 

 

बक्स अफिस फुटबल एकेडेमीको आयोजनामा भस्ट्राचारविरुद्धको बिजेता उपबेजेतालाई नृत्य निर्देशक संघका पूर्व अध्यक्ष तथा संघका सल्लाहकार प्रदीप रमण सिंह डंगोल, महिला उद्यमी आस्मा राउत, समाजसेवी डिबि बर्मा, व्यवसायिक सुर्य खड्काले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । देशमा ब्याप्त भस्ट्राचार विरुद्ध आफुले देशभर रहेको फुटबल क्लबहरुलाई आह्वान गरि हरेक वर्ष यस्तो प्रकाको खेल नियमित रूपमा आयोजना गर्दै आएको संस्थाको अध्यक्ष आरके सुबेदीले बताए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...