YouTube Link

नेपालले आज स्कटल्याण्डसँग प्रतिष्पर्धा गर्दै

World Cup 2026
Facebook Link

काठमाडौं: विश्वकप लिग टु को चौथो राउण्ड अन्तर्गतको पहिलो खेलमा नेपालले आज स्कटल्याण्डसँग प्रतिष्पर्धा गर्दैछ । नेपाल र स्कटल्याण्डबीचको डुन्डेमा रहेको फोर्थहिल क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार सोमबार दिउँसो ३:४५ बाट सुरु हुनेछ ।

 

मुख्य प्रशिक्षक स्टुआर्ट लको नेतृत्वमा नेपाली टोलीले सोमबार पहिलो अन्तर्राष्ट्रिय खेल खेल्नेछ । ल नियुक्त भएपछि हङकङ सिरिजमा नेपालले सहभागिता जनाए पनि त्यति बेला मुख्य प्रशिक्षकको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका थिए । नेपालको प्रशिक्षक हुनु अघि ल अमेरिकाको मुख्य प्रशिक्षक थिए । उनले अमेरिकालाई टि ट्वान्टी विश्वकपको सुपर ८ मा पुर्याएका थिए ।

 

नेपाल र स्कटल्याण्डबीच हालसम्म ८ खेल भएको छ । त्यसमा नेपाल बलियो अवस्थामा छ । नेपालले ४ खेलमा जित हासिल गर्दा ३ मा स्कटल्याण्ड विजयी भएको छ । नेपाल र स्कटल्याण्डबीचको १ खेल भने रद्द भएको थियो । लिग टुको अन्तिम तयारी स्वरुप नेपालले स्कटल्याण्ड ‘ए’ सँग २ अभ्यास खेल खेलेको थियो । स्कटल्याण्ड ‘ए’ सँग १ खेलमा पराजित नेपालको दोस्रो खेल भने वर्षाका कारण नतिजा बिहिन सकिएको थियो ।

 

नेपालले त्यसअघि संयुक्त अधिराज्य (युके) मा तयारी गरेको थियो । युकेमा तयारीका क्रममा स्थानिय टोलीसँग खेलेको ५ अभ्यास खेलमा नेपालले शतप्रतिशत जित निकालेको थियो । ८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट सिरिज समेत हो । लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।

 

नेपाल १२ खेलमा ६ अंकका साथ लिग तालिकाको पुछारमा छ । स्कटल्याण्ड १६ खेलमा २० अंकका साथ चौथो र नेदरल्याण्ड्स २० खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ । लिग टु को खेल पछि १५ जुनबाट नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीचमा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज हुनेछ ।

 

नेपाली टोली

रोहित पौडेलको (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ शेख, अनिल कुमार शाह, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, बसीर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित नारायण राजवंशी ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...