YouTube Link

पहिलो सेमिफाईनल इरान र क्यालिकट हिरोज तथा दोस्रो सेमिफाईनल हेल्प नेपाल र क्लब एचडिसीबीच प्रतिष्पर्धा हुँदै

Facebook Link

काठमाडौं: सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिप अन्तर्गत आज सेमिफाईनलका खेलहरु हुनेछन् । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा पहिलो सेमिफाईनल खेल दिउँसो २:३० बजे इरान क्लव यु-१८ र भारतीय क्लब क्यालिकट हिरोजबीच हुनेछ भने टिपटप हेल्प नेपाल स्पोर्टस क्लब र माल्दिभ्सको क्लब एचडिसीबीचको दोस्रो सेमिफाइनल साँझ ५ बजे सुरु हुनेछ ।

 

भारतको क्यालिकट हिरोजसँग बिहीबार सोझो सेटको हार बेहोर्दै नेपालको गण्डकी प्रदेश भलिबल संघ काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको समूह चरणबाट बाहिरयो । लिगको शीर्ष स्थानमा रहेको इरान यु-१९ ले तेस्रो स्थानको क्यालिकटसँग तथा दोस्रो स्थानको नेपालको टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले चौथो स्थानको माल्दिभ्सको क्लब एचडिसीसँग सेमिफाइनल खेल्ने तय भएको हो ।

 

लिगको अन्तिम खेलमा सेमिफाइनल प्रवेश गरिसकको क्यालिकट विरुद्ध ३ अंक निकालेको भए गण्डकी सेमिफाइनलमा पुग्ने थियो । तर गण्डकीले कमजोर प्रदर्शन गर्यो । क्यालिकटले २५-२२, २५-१९ र २५-१५ को अत्यन्त सहज नतिजामा गण्डकीलाई पराजित गर्यो । गण्डकी सोझो सेटमा हार्दा माल्दिभ्सको क्लब एचडिसीले अन्तिम चारमा स्थान सुरक्षित गर्यो । अपराजित इरान यु-१८ ले १०, हेल्प नेपाल ८ अंक, क्यालिकटले ७ र र क्लब एचडिसीले ५ अं जोड्यो । सबै खेल हारेको गण्डकी २ अंक बटुल्यो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

वि.सं.२०८३ कात्तिक १५ आइतवार १३:२५

शनिबार आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा बिनिता...

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...