पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स तथा दोस्रो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिष्पर्धा हुँदै
वि.सं.२०८१ मंसिर २८ शुक्रवार ०७:१६
1.4K
shares
काठमाडौं: सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आज २२औं तथा २३औं खेल हुँदैछ । पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच खेल हुदैछ । कीर्तिपुरस्थित टियु मैदानमा पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ ।
कर्णालीले ५ खेलमा ६ अंक जोडेको छ । यस खेलमा जित निकाल्दै कर्णाली प्लेअफ सम्भावना बलियो पार्न चाहन्छ । पहिलो संस्करणको एनपिएलमा आफ्नो अन्तिम खेल खेल्दै गरेको लुम्बिनी जितका साथ प्रतियोगिताको अन्त्य गर्न चाहन्छ । आज दोस्रो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सले कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजको सामना गर्दैछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।
५ खेलमा ३ जित र २ हारका साथ चितवन अंक तालिकाको तेस्रो स्थानमा छ । यो खेलमा पनि जित निकालेर प्लेअफ सम्भावना बलियो बनाउँने लक्ष्यमा चितवन रहेको छ । ५ खेलमा ४ मा हार र १ मा जितका साथ विराटनगर तालिकाको पुछारमा छ । यो खेलमा जित हात पार्दै विराटनगर प्लेअफको झिनो सम्भावना कायमै राख्न चाहान्छ ।
वि.सं.२०८१ मंसिर २८ शुक्रवार ०७:१६




















