YouTube Link

लिओनल मेसी ‘फिफा दि बेस्ट अवार्ड’ को मनोनयनमा परे

Khanepani Dhal
Facebook Link

एजेन्सीः लिओनल मेसी सन् २०२३-२४ सिजनको सर्वोत्कृष्ट फुटबलरको लागि ‘फिफा दि बेस्ट अवार्ड’ को मनोनयनमा परेका छन् । उनी मनोनयनमा पर्ने युरोपेली लिग बाहिरका एक्लो खेलाडी हुन् ।

 

अमेरिकाको मेजर लिग सकर (एमएसएल) क्लब इन्टर मायमीमा हात पारेको उपलब्धि र अर्जेन्टिनासँग कोपा अमेरिकाको उपाधि जितेका मेसी  उत्कृष्ट ११ पुरुष फुटबलरको सूचीमा परेका छन् । मेसीको करिअरसँग तुलना गर्दै आएका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो भने मनोनयनमा परेका छैनन् । उनी साउदी अरेबियन क्लब अल नासरमा खेलिरहेका छन् ।

 

बार्सिलोना र पीएसजीका पूर्वखेलाडी मेसी फिफा दि बेस्ट अवार्डका सर्वाधिक ३ पटक जितेका छन् । उनले पछिल्ला दुई (सन् २०२२ र २०२३) मा पनि सर्वोत्कृष्ट पुरुष फुटबलरको अवार्ड जितेका थिए । पोर्चुगिज स्टार रोनाल्डो र पोल्यान्डका रोबर्ट लेवन्डोव्स्कीले २-२ पल्ट अवार्ड हात पारेका थिए भने क्रोएसियन मिडफिल्डर ल्युका मोडरिचले एकपल्ट जितेका थिए ।

 

यसपालि मेसीले अवार्ड जित्न युरोपेली लिग खेलिरहेका १० खेलाडीसँग कडा प्रतिस्पर्धा हुनेछ । मनोनयनमा स्पेनी क्लब रियल मड्रिडका किलियन एम्बाप्पे (फ्रान्स), जुड बेलिंघम (इङ्ल्यान्ड), डानिएल कार्भाहाल (स्पेन), फेडेरिको भाल्भेर्डे (उरुग्वे) र भिनिसियस जुनियर (ब्राजिल) छन् । म्यानचेस्टर सिटीका इर्लिङ हालान्ड (नर्वे) र रोड्रिगो हर्नान्डेज (स्पेन), बायर लेभरकुजनका फ्लोरियन विर्ज (जर्मनी), बार्सिलोनाका नयाँ स्टार लेमिन यमल (स्पेन) र संन्यास लिइसकेका रियलकै पूर्वप्लेमेकर टोनी क्रुज (जर्मनी) पनि छन् ।

 

फिफाले सार्वजनिक गरेको मनोनयन सूचीमा विश्वकप २०२२ च्याम्पियन टिम अर्जेन्टिनाका प्रशिक्षक लिओनल स्कालोनी र गोलकिपर एमिलानो मार्टिनेज पनि आ-आफ्ना विधामा मनोनयनमा परेका छन् । उत्कृष्ट प्रशिक्षकको मनोनयनमा स्कालोनीसँगै रियलका कार्लो एन्सेलोटी, युरो कप विजेता स्पेनका लुईस डे ला फ्युएन्टे, प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला र बुन्डेसलिगा च्याम्पियन बायर लेभरकुजनका जाबी अलोन्सो छन् । यो अवार्डको नवौं संस्करणको लागि फिफाले सर्वोत्कृष्ट महिला फुटबलर, गोलकिपर र प्रशिक्षकको मनोनयन पनि सार्वजनिक गरेको छ ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:४८

काठमाडौं: भारतमा जारी साफ यु-१९ च्याम्पियनसिप अन्तर्गत आज समुह चरणको...

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:२७

काठमाडौं: जोरपाटी उसु क्वानको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा...

‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ वैशाख २८ आइतवार १६:२२

काठमाडौं: तामाङ सांगीतिक इतिहासमा विशेष स्थान ओगटेको कालजयी गीत ‘जत्तुकु...

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

वि.सं.२०८२ वैशाख २८ आइतवार ११:१२

काठमाडौं: नेपालले साफ यु-१९ च्याम्पियनसिपको पहिलो खेल श्रीलंकासँग खेल्दैछ ।...

आज नीति तथा कार्यक्रम पारित हुँदै, संसदमा प्रधानमन्त्रीले जवाफ दिने

आज नीति तथा कार्यक्रम पारित हुँदै, संसदमा प्रधानमन्त्रीले जवाफ दिने

वि.सं.२०८२ वैशाख २८ आइतवार ०८:२६

काठमाडौं: प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक...

पाकिस्तानद्वारा भारतका ११ शहरमा ड्रोन र मिसाइल आक्रमण

पाकिस्तानद्वारा भारतका ११ शहरमा ड्रोन र मिसाइल आक्रमण

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ०९:२१

एजेन्सी: भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानले लगातार दोस्रो दिन बिहीबार पनि...