नेपाल ६ विकेटले इंग्ल्याण्डमाथि सानदार जित दर्ता
वि.सं.२०८१ कात्तिक १६ शुक्रवार १०:१२
675
sharesकाठमाडौं: हङकङमा जारी २०औं हङकङ सिक्सेसमा तीन पटकको च्याम्पियन इंग्ल्यान्डमाथि नेपालले प्रभावशाली ६ विकेटको जित निकालेको छ । नेपालले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदै प्रतिष्ठित यस प्रतियोगितामा ऐतिहासिक जित निकाल्न सफल भएको हो ।
नेपालले जितका लागि ९८ रनको लक्ष्य पाएकोमा नेपालले त्यसलाई बिना विकेटको क्षति हात पारेको थियो । नेपालले ४ दशमलव २ ओभरमा बिना कुनै विकेटको क्षति ९९ रन बनायो र सनसनीपूर्ण ब्याटिङको नमुना पेस गर्यो । नेपालको जितमा सन्दीप जोरा नायक रहे । उनले १७ बलमा ७१ रन बनाए । उनले ५ चौका र ८ छक्का प्रहार गरे । यस्तै कप्तान लोकेश बमले ११ बलमा २० रन बनाए । उनले एक चौका र दुई छक्का प्रहार गरे ।
नेपालले टस जितेर इंग्ल्यान्डलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । यसक्रममा इंग्ल्यान्डले ६ विकेट गुमाएर ९७ रन बनाएको थियो । त्यसमा सबैभन्दा ठूलो योगदान कप्तान रवि बोपाराको रह्यो । उनले १२ बलमा ४९ रन बनाए । उनले एक चौका र ७ छक्का प्रहार गरे । यस्तै समित पटेलले १७ बलमा ३९ रन बनाए । उनले भने ३ चौका र छक्का प्रहार गरे । अरू ब्याटरले भने गतिलो योगदान दिन सकेनन् ।
नेपाली बलरमध्ये विवेक यादव र प्रतिश जीसीले दुई/दुई विकेट हात पारे । यस्तै नारायण जोशी र लोकेश बमको नाममा एक/एक विकेट रह्यो । रसिद खान मात्र विकेट लिन नसक्ने बलर रहे । नेपाल प्रतियोगिताको समूह ‘बी’ मा रहेको छ । यस समूहको तेस्रो टिम अस्ट्रेलिया रहेको छ । नेपालले अब शनिबार अस्ट्रेलियाको सामना गर्नेछ ।
वि.सं.२०८१ कात्तिक १६ शुक्रवार १०:१२