Health Ad
YouTube Link

१७औँ संस्करणको पारा ओलम्पिक पेरिसमा भव्य उद्घाटन

प्रतियोगितामा विभिन्न २२ वटा खेल, ५४९ स्वर्ण पदकका लागि खेलाडीहरूबीच भिडन्त हुने

Khanepani Dhal
Facebook Link

एजेन्सी: पारा ओलम्पिक खेलकुद प्रतियोगिताको १७औँ संस्करण फ्रान्सको राजधानी सहर पेरिसमा सुरु भएको छ । बुधबार राति आयोजित एक भव्य समारोहबिच प्रतियोगिताको उद्घाटन गरियो ।

 

फरक क्षमताका खेलाडीहरूको लागि आयोजित पारा ओलम्पिकको इतिहासमा पहिलो पटक पेरिसस्थित ‘प्लेस डी ला कनकर्ड’ स्टेडियम बाहिर उद्घाटन समारोह आयोजना गरियो । प्रतियोगिताका अन्य कार्यक्रम र खेलाडीको मार्चपास्ट भने रङ्गशालामै भएको थियो ।

 

प्रतियोगिताको उद्घाटन समारोहमा विश्वभरका ६५ हजारभन्दा बढी खेलाडी, प्रशिक्षक, निर्णायक, पदाधिकारी र विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो । फ्रान्सले गृष्मकालीन पारा ओलम्पिक आयोजना गरेको यो पहिलो पटक हो । ११ दिनसम्म चल्ने प्रतियोगिताका खेलहरू भने बिहीबारदेखि सुरु हुनेछ । पारा ओलम्पिकको १७औँ संस्करणमा एक सय ६८ राष्ट्रका खेलाडीहरूले सहभागिता जनाउँदै छन् । यसपटक पारा ओलम्पिकमा शरणार्थी र तटस्थ खेलाडीहरूको एक–एक टोलीले पनि सहभागी छन् ।

 

प्रतियोगितामा विभिन्न २२ वटा खेलका ५४९ स्पर्धा समावेश गरिएको छ । प्रतियोगितामा ५४९ स्वर्ण पदकका लागि खेलाडीहरूबीच भिडन्त हुनेछ । ‘पारा ओलम्पिकको यो संस्करणले उद्घाटन समारोहसँगै विभिन्न विषयमा इतिहास रचेको छ,’ उद्घाटन समारोहमा पेरिस पारा ओलम्पिक आयोजक समितिका अध्यक्ष टोनी स्टानग्वेटले भने ।

 

अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटीले प्रत्येक चार वर्षमा गृष्मकालीन पारा ओलम्पिक आयोजना गर्दै आएको छ । गृष्मकालीन ओलम्पिक खेलकुद सकिए लगत्तै सोही सहरमा पारा ओलम्पिक आयोजना गर्ने परम्परा रहँदै आएको छ । पारा ओलम्पिकको यो संस्करणमा नेपालका तीनजना खेलाडीले सहभागिता जनाउँदै छन् । गृष्मकालीन पारा ओलम्पिकमा नेपालको यो छैटौँ सहभागिता हो । पेरिस पारा ओलम्पिकमा नेपालबाट तेक्वान्दो खेलाडी पलेशा गोवर्धन र भरतसिंह महता तथा पौडी खेलाडी भीमबहादुर कुमारलले सहभागिता जनाउँदै छन् ।

 

ओलम्पिकमा पलेशाको यो दोस्रो सहभागिता हो । बाँकी दुई खेलाडीले भने पहिलो पटक ओलम्पिक खेल्न लागेका हुन् । यस पटक नेपाली खेलाडी पलेशाले छनोट चरण पार गर्दै आफ्नो बलियो उपस्थिति दर्ता गराएकी हुन् । उनीबाट पदकको आशा पनि गरिएको छ ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

वि.सं.२०८२ वैशाख ४ बिहीवार ११:०८

काठमाडौं: शिक्षकहरूले १६ औँ दिन पनि सडक आन्दोलनलाई निरन्तरता दिने...

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

वि.सं.२०८२ वैशाख ४ बिहीवार १०:५४

काठमाडौं: नेपाल प्रहरीका ७५ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ सईमा...

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

वि.सं.२०८२ वैशाख ३ बुधवार ०९:३२

काठमाडौं: विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै...

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

वि.सं.२०८१ चैत ३१ आइतवार ११:१३

काठमाडौं: दुई दिनमा ९ हजार ६ सय रुपैयाँ बढेको सुनको...

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

वि.सं.२०८१ चैत ३१ आइतवार १०:५५

काठमाडौं: शिक्षक-कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल...