YouTube Link

१७औँ संस्करणको पारा ओलम्पिक पेरिसमा भव्य उद्घाटन

प्रतियोगितामा विभिन्न २२ वटा खेल, ५४९ स्वर्ण पदकका लागि खेलाडीहरूबीच भिडन्त हुने

Facebook Link

एजेन्सी: पारा ओलम्पिक खेलकुद प्रतियोगिताको १७औँ संस्करण फ्रान्सको राजधानी सहर पेरिसमा सुरु भएको छ । बुधबार राति आयोजित एक भव्य समारोहबिच प्रतियोगिताको उद्घाटन गरियो ।

 

फरक क्षमताका खेलाडीहरूको लागि आयोजित पारा ओलम्पिकको इतिहासमा पहिलो पटक पेरिसस्थित ‘प्लेस डी ला कनकर्ड’ स्टेडियम बाहिर उद्घाटन समारोह आयोजना गरियो । प्रतियोगिताका अन्य कार्यक्रम र खेलाडीको मार्चपास्ट भने रङ्गशालामै भएको थियो ।

 

प्रतियोगिताको उद्घाटन समारोहमा विश्वभरका ६५ हजारभन्दा बढी खेलाडी, प्रशिक्षक, निर्णायक, पदाधिकारी र विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो । फ्रान्सले गृष्मकालीन पारा ओलम्पिक आयोजना गरेको यो पहिलो पटक हो । ११ दिनसम्म चल्ने प्रतियोगिताका खेलहरू भने बिहीबारदेखि सुरु हुनेछ । पारा ओलम्पिकको १७औँ संस्करणमा एक सय ६८ राष्ट्रका खेलाडीहरूले सहभागिता जनाउँदै छन् । यसपटक पारा ओलम्पिकमा शरणार्थी र तटस्थ खेलाडीहरूको एक–एक टोलीले पनि सहभागी छन् ।

 

प्रतियोगितामा विभिन्न २२ वटा खेलका ५४९ स्पर्धा समावेश गरिएको छ । प्रतियोगितामा ५४९ स्वर्ण पदकका लागि खेलाडीहरूबीच भिडन्त हुनेछ । ‘पारा ओलम्पिकको यो संस्करणले उद्घाटन समारोहसँगै विभिन्न विषयमा इतिहास रचेको छ,’ उद्घाटन समारोहमा पेरिस पारा ओलम्पिक आयोजक समितिका अध्यक्ष टोनी स्टानग्वेटले भने ।

 

अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटीले प्रत्येक चार वर्षमा गृष्मकालीन पारा ओलम्पिक आयोजना गर्दै आएको छ । गृष्मकालीन ओलम्पिक खेलकुद सकिए लगत्तै सोही सहरमा पारा ओलम्पिक आयोजना गर्ने परम्परा रहँदै आएको छ । पारा ओलम्पिकको यो संस्करणमा नेपालका तीनजना खेलाडीले सहभागिता जनाउँदै छन् । गृष्मकालीन पारा ओलम्पिकमा नेपालको यो छैटौँ सहभागिता हो । पेरिस पारा ओलम्पिकमा नेपालबाट तेक्वान्दो खेलाडी पलेशा गोवर्धन र भरतसिंह महता तथा पौडी खेलाडी भीमबहादुर कुमारलले सहभागिता जनाउँदै छन् ।

 

ओलम्पिकमा पलेशाको यो दोस्रो सहभागिता हो । बाँकी दुई खेलाडीले भने पहिलो पटक ओलम्पिक खेल्न लागेका हुन् । यस पटक नेपाली खेलाडी पलेशाले छनोट चरण पार गर्दै आफ्नो बलियो उपस्थिति दर्ता गराएकी हुन् । उनीबाट पदकको आशा पनि गरिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...