YouTube Link

टाइब्रेकरमा जोर्डनसँग नेपाल पराजित, साबित्रा सर्वाधिक गोलकर्ता

Facebook Link

 

काठमाडौं: नेपाललाई टाइब्रेकरमा ५-३ गोल अन्तरले हराउँदै जोर्डनले वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जितेको छ । बिहीबार राति भएको फाइनलमा खेलको पहिलो हाफमा १-० को अग्रता बनाए पनि नेपालले दोस्रो हाफमा त्यसलाई कायम राख्न सकेन । ७३औँ मिनेटमा जोर्डनकी लाना फेरसले गोल गर्दै जोर्डनलाई खेलमा फर्काएकी थिइन् ।

 

अल फैसल रंगशालामा खेलमा सविता रानामगरले गोल गर्दै नेपाललाई अग्रतामा राखेकी थिइन् । खेलको २९औँ मिनेटमा रेखा पौडेलको पासलाई सदुपयोग गर्दै सविताले उत्कृष्ट गोल गरेकी थिइन् । ८८औँ मिनेटमा साराह अबु सबाहले गोल गर्दै जोर्डनलाई २–१ को अग्रतामा राखेकी थिइन् ।

 

खेलको अतिरिक्त समयमा पाएको पेनाल्टीलाई गीता रानाले सदुपयोग गर्दै नेपाललाई पुनस् २–२ को बराबरीमा फर्काएकी थिइन् । नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारीको अनुपस्थितिमा खेलेको नेपालले अर्की खेलाडी प्रिती राईलाई पनि गुमायो । उनी चोटग्रस्त हुँदै मैदान बाहिर जानु परेको थियो । अन्तः खेल पेनाल्टी सुट आउटमा पुग्यो ।

 

जोर्डनबाट पेनाल्टी प्रहारका लागि आएका आयह अल मजाली, मास्या जेबाराह , नोउर जकास, सारह अबु सबाह र रोजबहान फ्राइजले गोल गरे । नेपालका गीता राई, दीपा शाही, हीराकुमारी भुजेलले गोल गर्दा अमृता जैसीको प्रहार भने जोर्डनका गोलकिपरले बिफल बनाइन् ।

 

प्रतियोगिताकै सबैभन्दा सफल टिम जोर्डनले सेमिफाइनलमा प्यालेस्टाइनलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो । जोर्डनले छैटौँ पटक उपाधि हात पारेको हो । यसअघि उसले सन् २००५ र २००७ मा दुई तथा सन् २०१४, १९ र २२ मा उपाधि उचालेको छ ।

 

साबित्रा बनिन् सर्वाधिक गोलकर्ता

सावित्रा भण्डारी वाफ वुमन्स च्याम्पियनसिपकी सर्वाधिक गोलकर्ता बनेकी छिन् । प्रतियोगिताको फाइनल गुमाएकी सावित्राले वाफ वुमन्स च्याम्पियनसिपमा सर्वाधिक ९ गोल गरिन् । सावित्रालाई पछ्याएकी जोर्डनकी मायासा जबराह ५ गोल गर्दै दोस्रो स्थानमा रहिन् ।

 

 

सावित्राले समूह चरणमा सिरियाविरुद्ध एक गोल गरेकी थिईन् । दोस्रो खेलमा इराकविरुद्ध उनले ५ गोल गरिन् । तेस्रो खेलमा प्यालेस्टाईनविरुद्ध सावित्राले दुई गोल गरेकी थिईन् । सेमिफाइनलमा लेवनानविरुद्ध बराबरी गोल फर्काएकी सावित्राले फाइनल खेल्न भने पाईनन् । फाइनल खेलको समय फिफा विन्डो डेट भन्दा बाहिर रहेकाले सावित्राले जोर्डनविरुद्धको निर्णायक खेल भने गुमाउन पुगेकी थिईन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...