YouTube Link

सन्दीप लामिछानेको टोली कर्नाटका टुसकेर्सको विजयी सुरुवात

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम कर्नाटका टुसकेर्सले युएईमा जारी टी-१० क्रिकेट लिगमा विजयी सुरुवात गरेको छ । आबु धाबीमा हिजो भएको पहिलो खेलमा दिल्ली बुल्सलाई १९ रनले पराजित गर्दै कर्नाटकाले विजयी सुरुवात गरेको हो ।

शेख जायद स्टेडियममा कर्नाटकाले दिएको १ सय ११ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बुल्सले १० ओभरमा ८ विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो । बुल्सका लागि एन्जेलो म्याथ्युले सर्वाधिक ३१ रन जोड्दा कप्तान इयान मोर्गनले २१ रन बनाए । बुल्सलाई सस्तैमा समेट्न नाथन रिमिङटनले ३ विकेट लिए । पाट ब्राउन र अहमेद राजाले २/२ विकेट लिए । बुल्सविरुद्ध सन्दीपले २ ओभर बलिङ गर्दै १ विकेट लिए । सन्दीपले आफ्नो पहिलो ओभरको पहिलो बलमै मुहमद उस्मानलाई ८ रनमा आउट गरेका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको कर्नाटकाले १० ओभरमा ५ विकेट गुमाएर १ सय १० रन बनाएको थियो । कर्नाटकाका लागि उपुल थरंगाले सर्वाधिक ४८ रन बनाए । यस्तै सफिकउल्लाहले ३४ तथा जोनसन चार्ल्सले १३ रन बनाए । ब्याटिङतर्फ सन्दीप सुन्य रनमा अविजित रहे । बुल्सका रबी रामपालले २ विकेट लिए । जितसँगै समूह ‘ए’ को कर्नाटकाले १ खेलमा २ अंक जोडेको छ । र, कर्नाटका तेस्रो स्थानमा छ । बुल्स २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...