YouTube Link

अनुशासनहीन कार्य गरेको भन्दै राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगर सहित चार खेलाडी बर्खास्त

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमका ४ खेलाडी बर्खास्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाको अनुसाशन कमिटीले विमल घर्ती मगरसहित ४ खेलाडीलाई राष्ट्रिय टोलीबाट अनिश्चितकालका लागि बर्खास्त गरेको हो ।

बर्खास्त भएकामा फरवार्ड विमल घर्तीमगर, मिडफिल्डर अन्जन विष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशी रहेका छन् । उनीहरु एन्फाको अनुमति बिना शुक्रबार राती ठमेलस्थित एक डिस्को बार गएको खबर बाहिर आएपछि राष्ट्रिय टोलीबाट बर्खास्तीमा परेका हुन् । कारबाहीमा परेका चारै जनाले भुटानमा हुन लागेको कुवेतविरुद्धको विश्वकप क्वालिफायर खेल गुमाएका छन् ।

यसअघि पनि विमल राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहँदा रातको समयमा डिस्कोमा गएर अनुशासनहिन कार्य गरेको भेटिएको थियो । बर्खास्तीमा परेका ४ खेलाडीको स्थानमा एक जना सुवास गुरुङलाई एन्फाले भुटान पठाएको छ । यस अघि एन्फाले फिफा विश्वकप क्वालिफाएर अन्तर्गत कुवेत बिरुद्घको खेलका लगि भुटान जाने राष्ट्रिय टोलीलाई बिदाई गरेको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...