YouTube Link

आईसीसी सदस्यताबाट श्रीलंका क्रिकेट बोर्ड खारेज

Facebook Link

एजेन्सीः श्रीलंका क्रिकेट बोर्ड (एसएलसी)लाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले निलम्बन गरेको छ । बोर्डमा सरकारको हस्तक्षेपपछि आईसीसीले तत्काल प्रभावबाट उसको सदस्यता खारेज गरेको हो ।

भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाको प्रदर्शन निकै निराशाजनक रह्यो । टोलीले ९ खेलमा २ मात्रै जित निकालेको थियो । आईसीसीको त्रैमासिक बैठक १८ देखि २१ नोभेम्बरसम्म अहमदाबादमा हुनेछ ।

श्रीलंकाको सरकारले हालै श्रीलंका क्रिकेट बोर्डलाई पूर्ण रूपमा विघटन गरेको छ । यसैलाई ध्यानमा राख्दै आईसीसीका अधिकारीहरूले अनलाइन बैठक गरेर बोर्डलाई निलम्बन गरेका हुन् । आईसीसीले श्रीलंका क्रिकेट बोर्डमा सरकारको अत्यधिक हस्तक्षेप भएको बताएको छ । कुनैपनि आईसीसी सदस्यको काममा सरकारी हस्तक्षेप हुनुहुँदैन । तर पछिल्ला केही दिनदेखि श्रीलंकाको बोर्डले खुलेर काम गर्न नसकेकोले बोर्डलाई तत्काल प्रभावबाट निलम्बन गर्न लागिएको हो ।

भारतसँग पराजित भएपछि खेलकुदमन्त्री रोशन रणसिङ्घेले शुक्रबार एक विज्ञप्ति जारी गर्दै श्रीलंका क्रिकेट बोर्डलाई देशद्रोही र भ्रष्ट भनेका थिए । उनले सञ्चालक समितिका सदस्यहरुको राजीनामा समेत मागेका थिए । त्यसपछि श्रीलंका क्रिकेट सचिव मोहन डी सिल्भाले शनिबार नोभेम्बर ४ मा आफ्नो पदबाट राजीनामा दिएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...