नेपाली क्रिकेट टोलीले ओमानविरुद्ध कालो पट्टी बाँधेर खेल्ने
वि.सं.२०८० कात्तिक १९ आइतवार १०:४२
4.3K
shares
काठमाडौं: नेपाली क्रिकेट टोलीले आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमानविरुद्ध कालो पट्टी बाँधेर खेल्ने भएको छ ।
शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युड भुकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा नेपालले कालो पट्टी बाँधेर खेल्न लागेको हो । नेपालले आजको खेलबाट बिक्री हुने ५० प्रतिशत टिकट मूल्य भुकम्प प्रभावितलाई दिने घोषणा गरि सकेको छ ।
टियु क्रिकेट मैदानमा भएको टसमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । दीपेन्द्रसिंह ऐरीको स्थानमा सन्दीप जोरालाई मौका दिएको छ ।
वि.सं.२०८० कात्तिक १९ आइतवार १०:४२