नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै
वि.सं.२०८० कात्तिक १९ आइतवार १०:२८
2.8K
shares
काठमाडौं: आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमानविरुद्ध नेपालले टस जितेको छ । टियु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।
नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेकोछ । घाइते दीपेन्द्रसिंह ऐरी आज खेलेका छैनन् । उनी नखेल्दा सन्दीप जोरा प्लेइङ ११ मा फर्किएका छन् । दीपेन्द्रको सोमबार बायाँ खुट्टाको एंकलमा चोट लागेको थियो । शुक्रबार युएईविरुद्ध सेमिफाइनल खेल जितेको खण्डमा टि-२० विश्वकप खेल्न पाउने हुँदा दीपेन्द्रले उक्त जोखिम लिएका थिए ।
नेपालले सेमिफाइनल युएईलाई ८ विकेट तथा ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाउनुको साथै विश्वकपमा पुगेका थिए । घरेलु टोली नेपाल ओमानसँग समूह चरणमा पाँच रनको पराजित भएको थियो । युएईलाई हराउँदै विश्वकपमा पुगेको नेपाली टोलीको मनोबल उच्च छ ।
ओमान उक्त खेलको नतिजा निरन्तरता दिन चाहन्छ । नेपाल र ओमानबीच टि-२० आईमा पाँच खेल भएका छन् । नेपाल तीन र ओमान दुई खेलमा विजयी भएको छ ।
नेपालको सम्भावित प्लेइङ ११:
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने ।
वि.सं.२०८० कात्तिक १९ आइतवार १०:२८




















