YouTube Link

टि-२० विश्वकप खेल्ने २० मध्ये १८ टोलीको टुङ्गो लाग्यो

Facebook Link

 

काठमाडौं: आइसिसी विश्वकप एसिया क्षेत्र छनोटबाट नेपाल र ओमान छनोट भएसँगै आगमी वर्ष जुनमा हुने अमेरिका र वेस्टइन्डिजमा टि-२० विश्वकप खेल्ने २० मध्ये १८ टोलीको टुङ्गो लागेको छ ।

 

अमेरिका, वेस्टइन्डिज, अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, पपुवा न्युगिनी, क्यानडा, ओमान र नेपालले विश्वकप छनोटमा स्थान बनाएका हुन् ।

 

अब आगमी नोभेम्बर २२ देखि ३० सम्म नामिबियामा अफ्रिका छनोट हुँदैछ । अफ्रिका छनोटमा आयोजक नामिबियासँगै केन्या, नाइजेरिया, रवान्डा, तान्जिनिया, युगान्डा र जिम्बावे छन् । शीर्ष दुई टोलीले विश्वकप २०२४ मा स्थान बनाउनेछन् ।

 

अमेरिका र वेस्टइन्डिज आयोजक भएकाले सोझै छनोट भएका हुन् । गत वर्ष विश्वकपमा शीर्ष आठमा रहँदै अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंकाले सोझै स्थान बनाएका थिए । वरियताको आधारमा अफगानिस्तान र बंगलादेशले पनि सिधैं स्थान बनाएका थिए ।

 

युरोप क्षेत्रबाट आयरल्यान्ड र स्कटल्यान्ड छनोट भएका थिए । इस्ट एसिया प्यासिफिक छनोटबाट पपुवा न्युगिनी, अमेरिका छनोटबाट क्यानडा, एसियाबाट नेपाल र ओमानले स्थान थिए । विश्वकप २०२४ जुन ४ देखि ३० सम्म अमेरिका र वेस्टइन्डिजमा हुनेछ । पहिलो पटक २० टोलीले भिड्दैछन् । यसअघि १६ टोलीले खेल्दै आएका थिए । तर आइसिसीले त्यसलाई बढाएर २० टोली बनाएको हो । नेपालले २०१४ पछि पहिलो पटक विश्वकप खेल्नेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...