YouTube Link

टि-२० विश्वकप खेल्ने २० मध्ये १८ टोलीको टुङ्गो लाग्यो

Facebook Link

 

काठमाडौं: आइसिसी विश्वकप एसिया क्षेत्र छनोटबाट नेपाल र ओमान छनोट भएसँगै आगमी वर्ष जुनमा हुने अमेरिका र वेस्टइन्डिजमा टि-२० विश्वकप खेल्ने २० मध्ये १८ टोलीको टुङ्गो लागेको छ ।

 

अमेरिका, वेस्टइन्डिज, अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, पपुवा न्युगिनी, क्यानडा, ओमान र नेपालले विश्वकप छनोटमा स्थान बनाएका हुन् ।

 

अब आगमी नोभेम्बर २२ देखि ३० सम्म नामिबियामा अफ्रिका छनोट हुँदैछ । अफ्रिका छनोटमा आयोजक नामिबियासँगै केन्या, नाइजेरिया, रवान्डा, तान्जिनिया, युगान्डा र जिम्बावे छन् । शीर्ष दुई टोलीले विश्वकप २०२४ मा स्थान बनाउनेछन् ।

 

अमेरिका र वेस्टइन्डिज आयोजक भएकाले सोझै छनोट भएका हुन् । गत वर्ष विश्वकपमा शीर्ष आठमा रहँदै अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंकाले सोझै स्थान बनाएका थिए । वरियताको आधारमा अफगानिस्तान र बंगलादेशले पनि सिधैं स्थान बनाएका थिए ।

 

युरोप क्षेत्रबाट आयरल्यान्ड र स्कटल्यान्ड छनोट भएका थिए । इस्ट एसिया प्यासिफिक छनोटबाट पपुवा न्युगिनी, अमेरिका छनोटबाट क्यानडा, एसियाबाट नेपाल र ओमानले स्थान थिए । विश्वकप २०२४ जुन ४ देखि ३० सम्म अमेरिका र वेस्टइन्डिजमा हुनेछ । पहिलो पटक २० टोलीले भिड्दैछन् । यसअघि १६ टोलीले खेल्दै आएका थिए । तर आइसिसीले त्यसलाई बढाएर २० टोली बनाएको हो । नेपालले २०१४ पछि पहिलो पटक विश्वकप खेल्नेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...