Texas College
YouTube Link

उपाधिका लागि आज नेपाल र यूएईबीच कडा प्रतिष्पर्धा

Facebook Link

 

काठमाडौं: नेपालले आइसिसी यू-१९ प्रिमियर कपको उपाधिका लागि आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले सेमिफाइनलमा जापानलाई डकवर्थ लेविस पद्धतिको आधारमा १४३ रन तथा युएईले दोस्रो सेमिफाइनल खेलमा सिंगापुरलाई डवकर्थ लेविस पद्धतिको आधारमा १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।

 

नेपालले गत फागनुमा आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएइृलाई ७ रनले हराउँदै २०२४ को विश्वकपमा स्थान बनाएको थियो । नेपाल पुन युएईलाई हराउदै उपाधि जित्न चाहन्छ । युएई त्यसको बदला लिन खोज्नेछ । दुबै टोलीमा विश्वकप एसिष क्षेत्र छनोट खेल्दाका खेलाडी छन् । नेपालले समूह चरणमा इरानलाई २७४, बहराइनलाई ७ विकेट र साउदी अरेवियालाई ३०२ रनले हराएको थियो । उता युएईले समूह चरणमा चीनलाई ९ विकेट, ओमानलाई ३ विकेट, कतारलाई १० विकेटले हराएको थियो ।

 

युएईले उपाधि जित्ने लक्ष्यका साथ सिनियर टोलीका तीन खेलाडीलाई टोलीमा समेटेको थियो । त्यसैको कारण त्रिकोणात्मक सिरिज आयन खानले खेलेका छैनन् । युएईको टोलीबाट खेलि सकेका आयन खानसँगै ओपनर अर्यांश शर्मा र मध्यक्रमका ब्याटर एथान डि सोल्झा युएईको यू-१९ टोलीमा छन् ।

 

कप्तान आयनले युएईको टोलीबाट २५ र १६ टि-२० आई खेल खेलेका छन् । उनी स्पिनसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । ओपनर शर्माले ७ ओडिआई र ९ टि-२० आई खेल खेलेका छन् । गत अगष्टमा न्युजिल्यान्डविरुद्ध टि-२० आई डेब्यू खेलमै उनले ६० रन बनाएका थिए । डि सोल्झाले युएईबाट ३ ओडिआई खेल खेलिसकेका छन् । सोल्झाले विश्वकप छनोटमा नेपालविरुद्ध ५० रन बनाएको थियो । विश्वकप छनोटमा सर्वोत्कृष्ट चुनिएका ध्रुव परेसार पनि घातक बन्न सक्छन् ।

 

युएईलाई यू-१९ विश्वकपमा पुग्न जितको लागि १६ बलमा ८ रन चाहिँदा दीपेश कँडेलले लगातार तीन विकेट लिदै नेपाललाई विश्वकपमा पुर्याएका थिए । दीपेशले जारी प्रतियोगितामा ४ खेलमा १८ विकेट लिएका छन् । दीपेशले साउदी र बहराइनविरुद्ध ६–६ विकेट लिएका थिए । जापान र इरानविरुद्ध ३–३ विकेट लिएका थिए ।

 

नेपालको सिनियर टोलीबाट खेलेका देव खनालले बहराइनविरुद्ध १ सय रनको शतकीय इनिङ खेलेका थिए । अर्जुन कुमालले साउदी अरेवियाविरुद्ध १४२ रनको सानदार शतकीय इनिङ खेलेका थिए । यी तीन खेलाडी नेपालका प्रमुख हतियार हुन् । विशाल विक्रम केसीको प्रदर्शन मध्यक्रममा महत्वपूर्ण हुनेछ । स्पिनर सुवास भण्डारी र दीपेको प्रदर्शन निकै महत्वूर्ण हुने अनुमान गरिएको छ । नेपालको तीव्र गतिको बलिङ आक्रामण आकाश चन्द, दुर्गेश गुप्ता र हेमन्त धामीले सम्हाल्नेछन् । समूह चरण र सेमिफाइनलमा सहज जित हात पारेको नेपालको असली परिक्षा हुनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...