मूलपानी क्रिकेट मैदानमा नेपाल र हङकङबीच खेल हुँदै
वि.सं.२०८० कात्तिक ४ शनिवार ०७:२८
1.9K
shares
काठमाडौं: नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक त्रिदेशीय टि-२० आई सिरिज अन्तर्गत आज नेपालले हङकङसँग खेल्दैछ ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने खेल विहान ११ बजे सुरु हुनेछ । सिरिजका सुरुवाती दुई खेलमा सहज जित हात पारेको घरेलु टोली लगातार तेस्रो खेल जित्दै फाइनलमा स्थान सुरक्षित गर्ने योजना हुनेछ ।
नेपालले पहिलो खेलमा यूएईलाई ७ विकेट र दोस्रो खेलमा हङकङविरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो । हङकङ अघिल्लो खेलमा घरेलु टोलीविरुद्ध बेहोरेको हारको बदला दिने रणनीतिमा हुने छ ।
म्याच विनरहरुले भरिएको नेपाल उत्कृष्ट लयमा छ । कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ल फर्ममा छन् । नेपालमै हुने टी-ट्वान्टी विश्वकप छनोट खेलको तयारीका लागि सिरिज आयोजना गरिएको हो ।
वि.सं.२०८० कात्तिक ४ शनिवार ०७:२८




















