YouTube Link

टि-२० आईमा पहिलो पटक नेपालले भारतसँग खेल्दै

Facebook Link

 

काठमाडौं: चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत पहिलो क्वाटरफाइनलमा नेपाल र भारतबीच मंगलबार बिहान प्रतिस्पर्धा हुने भएको छ ।

 

लक्की ड्र मार्फत नेपालले टि-२० आईमा पहिलो पटक भारतसँग खेल्न लागेको हो । अघिल्लो महिना मात्रै नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारतसँग खेलेको थियो ।

 

एकदिवसीय एसिया कपमा श्रीलंकाको कान्डीमा नेपालले भारतससँग खेलेको थियो । उक्त खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो । तर नेपालले भारतविरुद्ध ब्याटिङमा सानदार प्रदर्शन गर्दै विश्वको ध्यान केन्द्रित गरेको थियो ।

 

विश्वकपको कारण भारतले एसियाड खेल्न दोस्रो रोजाईको खेलाडी पठाएको छ । रिंकु सिंह, यशस्वी जैसवाल, ऋतुराज गायकवाड, आवेश खान, अर्शदीप सिंह, शिवम दुबे, वासिन्टन सुन्दर र राहुल त्रिपाठी लगाएका खेलाडी छन् ।

 

नेपालले हालसम्म ५९ टि-२० आई खेल खेलेका छ । जसमा ३५ जित र २३ मा हार छ । नेपालले टि-२० आईमा टेस्ट टोलीसँग हालसम्म बंगलादेशसँग १, आयरल्यान्डसँग ३ र जिम्बावेसँग २ खेल खेलेको छ । टि-२० आईमा नेपालले सबैभन्दा धेरै नेदरल्यान्ड्ससँग ९ खेल खेलेको छ । त्यस्तै मलेसियासँग ८, हङकङ, केन्या र युएईसँग ५–५ खेल खेलेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...