YouTube Link

नेपालले दियो माल्दिभ्सलाई २१३ रनको लक्ष्य

Facebook Link

 

काठमाडौं: चीनमा जारी १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ ।

 

चीनको झिजियाङ क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर २१२ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरे । पौडेलले २६ बलमा ५२ रन बनाए । कुशल भुर्तेल र गुल्सन झाले समान ३५ रन बनाउँदा कुशल मल्ल ४७ रनमा नटआउट रहे ।

 

माल्दिभ्समाथि नेपाल सहज जित हात पार्दै क्वाटरफाइनलमा स्थान पक्का गर्ने योजनामा छ । विश्व कीर्तिमानहरुले भरिएको उद्घाटन खेलमा मंगोलियाविरुद्ध ३१४ रन जोड्दै २७३ रनको जित हात पारेको नेपाल यसै लयलाई कायम गर्ने योजनाका साथ मैदान उत्रिएको छ । माल्दिभ्सले पहिलो खेलमा मंगोलियालाई ९ विकेटले पराजित गरेको थियो ।

 

क्वाटरफाइनलमा प्रवेश गर्ने टोलीले अघिल्लो चरणमा भारत, पकिस्तान, बंगलादेश, श्रीलंका वा अफगानिस्तानमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ । क्वाटरफाइनल खेलहरुको तालिका तय गर्न ‘ड्र’को आयोजना गरिनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...