YouTube Link

भिएतनामसँग नेपाल २-० गोल अन्तारले पराजित

Facebook Link

 

काठमाडौं: नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १९औं एसियाली खेलकुद अन्तर्गत समूह ‘डी’ को पहिलो खेलमा भिएतनामसँग हार बेहोरेको छ ।

 

पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा २-० को हार बेहोरेको हो । भिएतनामका लागि ५३औं मिनेटमा फाम हाइ एनले गोल गरेकी थिइन् । थि बीच थुइले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक एन्जिलाले बचाएपनि रिबाउन्डमा भने उनी बिट भएकी थिइन् ।

 

त्यसको १० मिनेटपछि अघिल्लो गोल सिर्जना गरेकी थि बीच थुइले गोल गरिन् । बायाँ विंगबाट आएको क्रसलाई उनले पेनाल्टी क्षेत्रभित्र डाइभमार्फत हेडरमा गोल गर्दै २-० को अग्रता दिलाइन् ।

 

प्रशिक्षक बालगोपाल महर्जनले रेनुका नगरकोटेको कप्तानीमा पहिलो रोजाइमा ५ डिफेन्डर उतारेका थिए । पहिलो हाफमै सरु लिम्बु घाइते भएपछि उनको स्थान प्रिती राईले लिएकी थिइन् । ३०औं मिनेटमा बल खोस्ने प्रयासमा उनको घुँडामा चोट लागेको थियो ।

 

सुरुवाती रोजाइको डिफेन्समा पुजा राना, समिक्षा घिमिरे, अमृता जैशी, गीता राना र हिरा भुजेल खेल्दा मिडफिल्डमा सरु र रेनुका खेलेका थिए । आक्रमणको जिम्मेवारी पाएकी सावित्रा भण्डारीलाई दिपा शाही र अमिषा कार्कीले साथ दिएका थिए ।

 

नेपालले अब सोमबार समूहको दोस्रो खेलमा जापानको सामना गर्नेछ । समूहको अन्तिम खेल बंगलादेशसँग विहीबार हुनेछ । हरेक समूहबाट शीर्ष टोली र उत्कृष्ट ३ उपविजेता अघि बढ्नेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

वि.सं.२०८३ साउन २५ सोमवार १५:१९

तीन दिनसम्म चल्ने 'तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६' मा विश्वभर...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...