YouTube Link

बंगलादेशलाई हराउँदै भारतको विजयी सुरुवात

Facebook Link

 

काठमाडौं: भारतले बंगलादेशलाई ३-० को गोल अन्तरले हराउँदै साफ यू-१९ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भएको पहिलो खेलमा भारतको जितमा गुग्मसार गोयारी, नाओबा पंगमबम र अर्जुन सिंह ओइनामले समान एक एक गोल गरे ।

 

भारतले खेलको पहिलो मिनेट मै अग्रता लिएको थियो । गुग्मसार गोयारीले दाया फ्ल्यान्कबाट आएको क्रसलाई नियन्त्रणमा लिएर सहजै गोल गरेका थिए । खेलको नवौ मिनेटमा बंगलादेश बराबरी गर्नको निकै नजिक पुगेको थियो । मोइनुल इस्लामको बक्स बाहिरबाट लिएको सट भारतका गोलकिपर लियोनेल रिम्मेटले सुन्दर बचाऊ गर्दा बल पोस्टमा लाग्न पुग्यो । ४०औ मिनेटमा राजु अहमदको प्रहार पनि क्रसबारमा लागेर फर्किएको थियो ।

 

भारतले भने पहिलो हाफको अन्तिम समयमा अर्को गोल थप्यो । नाओबा पंगमबमले बंगलादेशी डिफेन्डरको खुट्टाबाट बल खोसेर सुन्दर फिनिश गर्दा भारत पहिलो हाफमा २-० ले अघि रह्यो । पहिलो गोल खाएपछि सुधरिएको प्रदर्शन गरेको बंगलादेशलाई दोस्रो गोल खाएपछि भने खेलमा स्पष्ट अवसरहरू सृजना गर्न सफल रहे पनि खेलमा फर्किन सकेन ।

 

भारतले भने खेलको अन्त्यतिर अर्को गोल थप्दै जित सुनिश्चत गर्यो । कप्तान इशान शिशोदियाको पासमा अर्जुन सिंह ओइनामले खेलको ९०औं मिनेटमा तेस्रो गोल गरेका थिए । जितसँगै भारतले समूह बी मा तीन अंक जोड्न सफल भएको छ । समूह बी मा भारत र बंगलादेश बाहेक भुटान रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

वि.सं.२०८३ साउन २५ सोमवार १५:१९

तीन दिनसम्म चल्ने 'तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६' मा विश्वभर...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...